शिक्षा

जन्म दिनमा सुरेन्द्र घिमिरेद्वारा सहिद स्कुलमा १ लाखको छात्रवृत्ति कोष स्थापना

धरान-१४ निवासि शिक्षा उद्यमि, युवा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो जन्म दिनको अवसरमा स्वर्गिय बुवा कमलापति घिमिरेको स्मृतिमा १ लाख रुपैयाको छात्रवृत्ति कोष स्थापना गरेका छन।
मङ्सिर १५ गते जन्म दिनको दिन सनिवार परेकाले बिदा हुने हुदा अघिल्लो दिन शुक्रवार नै घिमिरेले धरान-८ स्थित सहिद स्मृति मा.बि. पुगेर प्रधानाध्यापक राम बहादुर बिष्टलाई १ लाख रुपैयाको चेक हस्तान्तरण गरे।
बिद्यालयको प्राबिधिक धारमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई कोषको ब्याजबाट आएको रकमले छात्रवृत्ति प्रदान गरिने घिमिरेले बताए। बिद्यार्थीहरु भनेका देशका भबिष्यका कर्णधार भएकाले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुगोस भनेर कोष स्थापना गरेको घिमिरेले बताए। घिमिरेले सरकारी बिद्यालयमा अध्ययन गरेर त्रिभुवन विश्वबिद्यालबाट अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका हुन। बिद्यालयका प्रधानाध्यापक बिष्टले घिमिरेलाई जन्म दिनको शुभकामना दिदै छात्रवृत्ति कोष स्थापनाका लागि धन्यवाद ब्यक्त गरे।

बिद्यालयका सूचना अधिकारी एबम शिक्षक राजन वन लगायत शिक्षकहरुले घिमिरेलाई शुभकामना दिए। जन्म दिनको अघिल्लो दिन श्रीमती मैया कार्की सहित बिद्यालय पुगेका घिमिरेको पुर्खौली घर इलाम हो। धरान-१० स्थित पुतली लाईनमा सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.का सन्चालक रहेका घिमिरे बिभिन्न कलेजहरुमा अध्यापनरत छन।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई