धरान: कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी १० वर्षमा नेपाल टिमलाइ विश्वकप पुर्याउने उदेश्य सहित एन्फा एकेडेमीले लिखित योजना ल्याएर आए प्रदेश सरकारले दिर्घाकालिन लिखित सम्झौता गर्ने बताउनुभयो ।
आज शनिबार कोशी प्रदेश फुटबल संघको आयोजनामा एन्फा एकेडेमीका खेलाडीलाई फुटबल सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । प्रदेश सरकारले यस वर्षको फागुन महिना सम्ममा सकेमा २५ लाख देखि ३० लाख बजेट छुट्याउने र आगामी दश बर्ष सम्ममा विश्वकमा खेल्न सक्ने योजना बनाउन सके कसैले तोड्न नसक्ने गरी खेलको लागी प्रदेश सरकारले लिखित सम्झौता गर्ने बताउनुभयो ।
विश्वको सबैभन्दा धेरै खेलिने र लोकप्रिय खेल नै फुटबल खेल रहेकाले खेलको लागी प्रदेश सरकारले गर्न सक्ने सहयोगहरु सबै गर्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो । हाम्रो देशमा खेल सम्बन्धी लगानी कमै रहेकोले पनि नेपालको खेल विश्वमा राम्रो स्तर सम्म पुग्न नसकेको पनि उहाँले बताउनु भयो । खेलकुदले खेलाडीलाई मात्र चिनाउने नभई समग्र राष्ट्रलाई समेत अन्तराष्ट्रीय स्तरमा चिनाउने भएकोले खेलकुदलाई बजेट छुटाउने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।
आगामी बर्षमा खेलकुद क्षेत्रमा कोशी प्रदेश सरकारले केही प्राविधिक समस्याले बजेट बितरण गर्न नसकेको बताउदै आगामी बर्षमा यो गल्ती प्रदेश सरकारबाट नहुने प्रदेश सांसद रमेश बस्नेतले बताउनु भयो।
धरान खेलकुद शहरको रुपमा चिनिए पनि सबै तहको सरकारहरुले उपेक्षा गरेको कोशी प्रदेशको सांसद बिजय कुमार राईले बताउनु भयो । “धरानलाई खेलकुदमा सबै भन्दा बजेटकै अभाव रहेको कारण पनि खेलकुदले भने जसो प्रगति गर्न नसकेको हो” उहाँले बताउनुभयो । आगामी साल देखि खेलकुदलाई बजेट छुटाउन सरकारलाई आग्रह समेत उहाँले गर्नुभयो ।
आगामी १० वर्षमा नेपाल फुटबल टिमलाइ विश्वकप खेलाउने योजना रहेको कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राइको बताउनुभयो । यसको लागी स्थानिय, प्रदेश र केन्द्र सरकारले आर्थिक रुपमा सहयोग गरे योजना सफल हुने उहाँले बताउनुभयो । एन्फामा धरान लगायत कोशी प्रदेश भरिका जिल्लाहरुबाट छानिएका खेलाडीहरुले ट्रेनिङ लिईरहेको अध्यक्ष राईले बताउनुभयो । उत्पादन भईरहेको नयाँ खेलाडिहरु सबैलाई राष्ट्र खेलाडी बनाउने उदेश्य रहेको र सबैलाई बिश्वकप खेलाउनलाई कोसिस गर्ने उहाँले बताउनु भयो ।
एन्फा एकेडेमि धरानका ३० जना खेलाडिहरुलाई जर्सी, जुत्ता, ट्रयाक सुट लगायतका फुटबल सामाग्रीहरु वितरण गरिएको थियो भने कार्यक्रममा बरिष्ठ पत्रकार हर्ष सुब्बा, नेकपा एमाले धरानको अध्यक्ष हर्कजङ्ग एभेङ, मजदुर संगठनको केन्द्रीय अध्यक्ष भिमज्वाला राई लगायत विभिन्न राजनितिक दलहरुको प्रतिनिधि तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।
भिडियो