शिक्षा

इटहरीका संस्थागत विद्मालयहरुको चरम लापार्बाही, बसमा खचाखच विद्मार्थी

इटहरीका संस्थागत विद्मालयहरुको बस अनुगमन गर्ने क्रममा क्षमता भन्दा बढी बसमा खचाखच विद्मार्थीहरु बोकेको पाईएको छ। यस्तो कार्य विद्मालयको चरम लापार्बाही भएको मेयर हेमकर्ण पौडेलले बताउनु भएको छ।

इटहरीमा अव्यवस्थित सवारी पार्किङ, निर्माण सामाग्री सडकमा थुपार्ने, ठुला व्यापारिक मलबाटै सडकमा पार्किङले इटहरी अस्तव्यस्त हुन थालेको भन्दै क्लियर गर्ने निर्देशन दिन आज बिहान सडकमा निस्कनु भएका मेयर पौडेलले सडकमा गुडिरहेको संस्थागत विद्मालयहरुको बसमा खचाखच विद्मार्थी देखेपछी ट्राफिक प्रहरी सहित अनुगमन गर्नु भएको थियो।

अनुगमनको क्रममा इटहरीको विश्व आदर्श कलेज, ग्रीन पिस कलेज र बेलबारीका शिक्षा सन्देश स्कुलको बसमा बसको क्षमता भन्दा १५ जना भन्दा बढी विद्मार्थी बस भित्र खचाखच उभाइएको थियो। आफुहरुले बसको शुल्क विद्मालयलाई तिरेको र बसमा सिट नभए पछि उभिएर नै विद्मालय जाने आउने गरेको विद्मार्थीहरुले बताएका छन।

संस्थागत विद्मालय, कलेजहरुले बसको क्षमता भन्दा बढी विद्मार्थीहरु बस भित्र उभाएको पाईएको छ र यो ट्राफिक नियम विपरित कार्य हो यस पटक बसको चालक र विद्मार्थीहरुलाई ट्राफिक सचेतना गराएर छाडेका छौ आगामी दिनमा यस्ता खालको लापार्बाही भेटिएमा कार्बाही गर्ने कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख विनोद घिमिरेले बताएका छन।

पैदल यात्री हिँड्ने पेटी कब्जा गर्न नदिने मुख्य बजार क्षेत्रमा सडकमा फुटपाथ पसल राख्दा दुर्घटनाको जोखिम हुने भएकाले हटाइने पहिले जस्तो नभई अब बजार क्षेत्रको सडकपेटीमा पसल राख्न बन्देज गरिएको र इटहरी चोकमा ट्राफिक व्यवस्थापन थप सुधार गरिँदै लैजाने घिमिरेले जानकारी गराएका छन ।

इटहरीको फुटपाथ खाली गर्ने:

अहिले इटहरी चौकको मुख्यहाईवे देखि पूर्व तथा पश्चिमलाईका सडकहरू व्यापारीहरूले कब्जा गरिरहेका छन् । प्राइभेट गाडी तथा व्यापारिक सवारी साधनले सडक कब्जा गरेको भन्दै तत्काल फुटपाथ खालि गर्ने लागिएको मेयर पौडेलको भनाई छ । मङ्गलवार आफै फुटपाथ क्लियर गराउँदै सडकमा निस्किएर पौडेलले निरन्तर अभियानमा लाग्ने बताए ।

मेयर पौडेल भन्छन् ‘सडकहरू कब्जा जस्तै भएका छन् यात्रुहरू हिँड्नसम्म ठाउँ छैन इटहरीमा चौकमा’ बारम्बार नराख्न पत्राचार गरे पनि अटेर गरे पछि आज केही फुटपाथको सामाग्री नियन्त्रणमा लिएका छौ उनले थपे । फुटपाथको कारण दुर्घटना समेत बढेको भन्दै तत्काल हटाउन निर्देशन समेत दिएका छन।

सडक पेटीमा यात्रुहरूलाई हिँड्न गाह्रो भएको विषयमा सर्वत्र गुनासो बढेपछि उपमहानगरले नगर प्रहरी ,ट्राफिक प्रहरी,सुरक्षाकर्मी ,उद्योगी व्यवसायी सहितको टोलीले सडक ‘क्लियर’ गरेको हो ।

भिडियो:

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई