वराहक्षेत्र नगरपालिका वडा नं १ खारखोलामा क्रियासिल रहेको खारखोला फुलवल क्लबले झण्डा चौकलाई सौन्दर्य बनाउन सरफाई तथा दुर्घटनाको जोखिमलाई न्युनिकरण गर्ने उदेश्यले सडकमा रहेको खाल्डल मर्मर तथा पुर्ने कार्य गरेको छ ।
शनिवार दशैं , तिहार लगायतका चाडपर्वको नजिकिएसंगै उक्त चौकको सरसफाईसंगै सडक मर्मत, सडक दाया बायाको झाडी सफाई गर्ने काम गरिएको क्लबका अध्यक्ष संन्तोष श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठका अनुसार धरान -चतरा र पकली – भिमान जाने चौरस्था बाटोको रुपमा रहेको झण्डा चौकले परिचित बनेको उक्त क्षेत्रमा रङ्ग रोगन गर्ने , झण्डा फेर्ने लगायका काम पनि गरिने छ ।
उक्त कार्यमा क्लवका पदाधिकारीसंगै नेपाल प्रहरी , स्थानिय समाजसेवि तथा स्थानिय युवाहरुको सहभागिता रहेको झण्डा चौक व्यवस्थापन समितिका संयोजक मिलन श्रेष्ठले बताए ।