धरान: नेपाल बिधार्थी संघले शिक्षा ऐन अनुसार विद्मालयहरुले विद्मार्थीहरुलाई छात्रबृत्ती उपलब्ध गरेको छकी छैन भन्ने बिषयलाई गत दुई हप्ता देखि धरानमा रहेको विद्मालयहरुको अनुगमन गरिरहेको छ।
नेबिसंघले देशभर “मेरो शिक्षा मेरो प्रश्न” अभियान संचालन गरिरहेको छ। सो अभियानमा हरेक विद्मालयले शिक्षा ऐन २०७५ अनुसार छात्रबृत्ती विद्मार्थीहरुलाई उपलब्ध गरेको छकी छैन भन्ने बिषयलाई केन्द्रीत गरिएको छ। केन्द्रीय सदस्य संगीता बाहिङ राईको नेतृत्वमा अनुगमन भएको हो।
शिक्षा ऐन २०७५ अनुसार ५ सय विद्यार्थी सङ्ख्या भएको विद्यालयले कम्तीमा पनि १० प्रतिशत छात्रवृत्ति प्रदान गरिनु पर्दछ । ५ सय देखि ८ सय सम्म भए १२ प्रतिशत र ८ सय माथि भए १५ प्रतिशत अनिवार्य छात्रवृत्ति दिनुपर्ने व्यवस्था रहेको छ ।
नेपाल विद्यार्थी संघद्धारा नेपालको संविधानको धारा २७ र सुचनाको हक सम्बन्धि ऐन, २०६४ बमोजिम सार्वजनिक सरोकारका कुनैपनी विषयको सुचना माग्ने वा पाउने हक अनुसार सुचना माग गर्दा धरानका संस्थागत विद्मालयहरु के.के.ईन्टरनेशनल स्कुल, बिष्णु मेमोरियल स्कुल, धरान आदर्श बोडिङ स्कुलले एकिन तथ्याङ्क देखाउन नसकेको र युरेका आवसीय स्कुलले भने समय माग गरेको नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य संगीता बाहिङ राईले बताउनुभयो ।
के.के. ईन्टरनेशनल स्कुलमा करिव ८ सय विद्यार्थीहरु रहेको स्कुलका प्रीन्सीपल हरिस चन्द्र बुढाथोकीले बताउनुभयो। विद्यार्थीहरुलाई दिएको छात्रावृत्तीको एकिन डाटा आफुलाई जानकारी नभएको उहाँले बताउनुभयो । हाल सरकारले तोकेको मापदण्ड भन्दा कम नै छात्रवृत्ती प्रदान गरिएको जसमा करिव १० प्रतिशत विद्यार्थीहरुलाई मात्र छात्रवृत्ती प्रदान गरिएको दाबी गरेपनि डाटा भने उपलब्ध गराउन सकेका छैन्।
बिष्णु स्कुलमा कुल विद्मार्थी संख्य १२ सय बढी रहेको तर छात्रबृत्ती १० प्रतिसत दिएको विद्मालयको दाबी छ।प्रीन्सीपल निलम कुमार श्रेष्ठले अचानक अनुगमन आएका कारण तत्काल तथ्याङ्क अपडेट गर्न नसकिएको बताए । उनका अनुसार छात्रवृत्ति प्रदान गर्ने प्रक्रियाका बारेमा स्थानीय सरकार, प्याब्सन, एनप्याब्सन बिच छलफल भइरहेकाले पनि कति प्रतिशत बढाउने कुरा टुङ्गो नलागेको अनुगमन टोलीलाई जानकारी दिएका थिए।
विद्मार्थी नेतृ राईले १० प्रतिसत दिएको भन्ने कुरामा विश्वास नभएको हामीले डाटा माग्दा विद्मालयले डाटा दिन नसकेको र बिद्मालय जाँदा प्रीन्सीपल सर अफिसमा नहुने फोन सम्पर्कमा नआउने गरेको बताएकी छिन।
धरान आदर्श स्कुलले ५ प्रतिसत १० प्रतिसत सहुलियत दिएको विबरण दिएकोले पुण छात्रबृत्ती उपलब्ध गराएको तथ्याङ्क दिन अनुरोध गरेको र केही बिद्मालयले राजनिती पार्टीका नेतालाई सम्झाई दिनु पर्यो भनेको जानकारी आफुले पाएको राईले बताएकी छिन।
यो अभियानलाई निरन्तरता दिदै धरानमा रहेको विद्मालयहरुमा अनुगमन गर्ने र ऐन अनुसार विद्मार्थीले पाउने अधिकारको लागि लागीरहने र शिक्षा ऐन अनुसार छात्रबृत्ती उपलब्ध नगराउने विद्मालय बिरुद्व संघर्ष र अदालतमा जाने जनकारी दिएकी छिन।