समाज

किरात राई पत्रकार सङ्घद्वारा सुनसरीका दुई पत्रकार पुरस्कृत

धरान: किरात राई पत्रकार सङ्घको १७ औँ स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा सङ्घको सुनसरी कार्यसमितिले पत्रकद्वय बराहक्षेत्राका पत्रकार हिमाल राई र धरानकी पत्रकार देवीका चाम्लिङ राईलाई पुरस्कृत गरेको छ।

चन्द्रकला राई स्मृति पत्रकारिता सम्मानबाट अग्रज पत्रकार हिमाल राई नगद ७ हजार ५ रुपैयाँ सहित पुरस्कृत भएका छन् । पुरस्कार यायोक्खा धरान-१३  प्रारम्भिक कमिटी अध्यक्ष श्रीपाल राईले स्थापना गरेका हुन ।

रेडियो धरानकी सञ्चारकर्मी देवीका राईलाई विद्या कुमारी राई स्मृति सृजनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी हुन । उक्त पुरस्कार किरात राई यायोक्खा धरान-१३ प्रारम्भिक कमिटीका सदस्य कुमार राईले स्थापना गरेका हुन ।

पुरस्कृतद्वयलाई प्रमुख अतिथि किरात राई पत्रकार सङ्घ केन्द्रीय उपाध्यक्ष विशाल राई, पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनकऋषि राई, किराँत राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, आदिवासी जनजाति महासङ्घ धरानका सुवास राईले पुरस्कार प्रदान गरे ।

सङ्घको सुनसरी अध्यक्ष वसन्त बान्तवा राईको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रममा सञ्चारमा पहिचान, मातृभाषाको पहुँच पुर्‍याउन सृजनशील पत्रकारिता गर्दै प्रदेश १ को पूनः नामकरणका लागि अग्रसर हुन पत्रकारहरूलाई वक्ताहरूले आग्रह गरे ।

भिडियो पनि हेर्नुस:

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले