धरान: नेपाल बिद्मार्थी संघ सुनसरी क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको आज मंगलबार महेन्द्र राउतको नेतृत्वमा ५१ जना सदस्य कार्यसमिती पुन: गठन भएको छ।
नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ क्षेत्रीय समितीको आयोजनामा धरान- २ मा रहेको पार्टी कार्यलयमा एक कार्यक्रम गरि एक बर्ष देखि नेतृत्व बिहिन रहेको समिती पुन: गठन गरेको हो।
नेबिसंघ क्षेत्रीय सभापतिमा महेन्द्र राउत, बरिष्ठ उपसभापतिमा अनिल चोङबाङ, उपसभापतिहरुमा ज्ञानेन्द्र लिम्बु, ज्ञानेस राई, बिरेन तामाङ, पारस हाङ राई, सचिवहरुमा निरज राई, मौसम पोर्तेल, सह सचिवहरुमा अनिल तामाङ, कल्याण खत्री, विजय लिम्बू, आयुष अग्रवाल,बिनोद राजधामी, अनिल शर्मा, बुद्व तामाङ र कोषध्यक्षमा ग्रीसमा चौधरी रहेका छन
कार्यक्रमको अध्यक्ष समेत रहेका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले नवगठित कार्य समितिलाई शुभकामना दिदै भोलि देशको नेतृत्व गर्ने भनेकै आजको विद्मार्थीहरु हुन, बर्तमान देश हाक्ने नेतृत्व पनि विद्मार्थी राजनिती बाटै आएको बताएका छन।
उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापाले यो देशको व्यवस्था परिबर्तनको लागि नेबिसंघको स्वर्णिम ईतिहास र योगदान रहेको छ आगामी दिनमा नेबिसंघको महत्वपुर्ण भुमिका रहनु पर्नेमा जोड दिएका छ्न।
नेबिसंघ केन्द्रीय सदस्य संगिता बाहिङ राईले क्षेत्रीय समिती गठनको प्रकृया बिधानमा नभएको हुनाले गुठ उपगुठको आधारमा पार्टीले हस्तक्षेप गर्न नमिल्ने तर्क राख्दै भातृ संगठनहरुलाई बिधानत अगाडि बढन दिनु पर्ने बताएकी छिन।
अर्का केन्द्रीय सदस्य दोर्ची सेर्पाले यो देश परिबर्तनाका हरेक आन्दोलनमा बिद्मार्थीहरुको भुमीका र योगदान अग्रस्थानमा रहेकोले राष्ट्रको लागि कलम चलाउने विद्मार्थीहरुले मसाल बोक्नु पनि तयार रहनु पर्ने बताउदै पुन: गठित कार्यसमितीलाई शुभकामना व्यक्त गरेका छ्न।
नेबिसंघ क्षेत्रीय सभापतिको जिम्मेवारी पाए पछि महेन्द्र राउतले मन्तव्य राख्दै संगठनको बिधान अनुसार अगाडि बढने र जहिले पनि विद्मार्थीहरुको हकहितका लागि निरन्तर लागि रहने उद्वघोष गरे।
नवगठित कार्यसमितीलाई प्रमुख अतिथी र अतिथीहरुले प्रमाण पत्र बितरण गर्दै अबीर खदाले सम्मान गरेका थिए।सो कार्यक्रममा माहासमिती सदस्य सन्तोस बिक, नेपाली काँग्रेस धरान सभापती श्याम पोखरेल, उपसभापती धरान – १८ का वडा अध्यक्ष नरेन्द्र राई (प्रबिन) लगाएतका नेता विभिन्न मातृसंगठनहरुका प्रतिनिधीहरु र विद्मार्थीहरुको उपस्थीती रहेको थियो। कार्यक्रम संचालन क्षेत्रीय सह सचिव सुमित राईले गरेका थिए।