वराहक्षेत्र नगरपालिका ७ चक्रघट्टि जंगि चौकमा रहेको मनिङ्ग स्टार स्कुले १० औँ संविधान दिवसको अवसरमा वक्तित्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
स्कुलले संविधान दिवसको अवसरमा “संघिय लोकतान्त्रिक गणतन्त्र : एउटा सुनौलो युगको आरम्भ ” शिर्षममा वक्तित्वकला प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
कार्यक्रम संयोजक तथा स्कुलका शिक्षक तिर्थराज भट्टराईका अनुसार स्कुलले प्रथम डन बस्को अन्तर माध्यमिक बिद्यालय ( कक्षा ८-१०) स्तरिय वक्तित्वकला प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा माध्यमिक तहका बिद्यालयहरुबाट एक जना विद्यार्थी सहभागी हुन पाउने छन् ।
प्रतियोगितामा प्रथम हुने बिद्यार्थीले नगद ५ हजार सहित ट्रफि तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यस्तै द्वितीय , तृतीय र सान्तवना हुने बिद्यार्थीले क्रमश ३ हजार , २ हजार र १ हजार , ट्रफि तथा प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा अधिकतम १५ विद्यालय मात्र सहभागी गराइने र पहिलो दर्ता पहिलो पालो विधि राखिने हुँदा तत्कालनै निशुल्क रुपमा विद्यालय दर्ता गर्न आयोजक मनिङ्ग स्टार स्कुले अनुरोध समेत गरेको छ ।
सहभागी हुन चाहने माध्यमिक तहका बिद्यालयले असोज २ गतेसम्म बिद्यालयको प्रशासन इमेल , फोन , वटसप मार्फत पत्र पढाउनु पर्ने मनिङ्ग स्टार स्कुलले जानकारी दिएको छ।