धरान: सुनसरी उद्योग बाणिज्य संघ, धरानको ६१ औं बार्षिकोत्सवको अवसरमा प्रथम महिला उद्यमी प्रदर्शनी आयोजना गरिएको छ।
आज विहिबार कोशी प्रदेश मुख्य मन्त्री कार्यलयकी राज्य मन्त्री सृजना राईले प्रथम महिला उद्ममी प्रर्दशनी उद्वटान गरेकी छिन। उक्त कार्यक्रमका प्रमुख अथिति समेत रहेकि राज्यमन्त्री राईले सम्वोधन गर्दै धरानको खानेपानीको तत्कालिन समस्याको लागि माग भएको थप ३ करोड बजेटको लागि मुख्यमन्त्री कार्यलयसँग समन्वय गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
प्रदेशमा महिला उद्यम प्रोत्साहित गर्न प्रदेश सरकारले कोशेली घर निर्माणको योजना अघि बढाएको बताएकी छन।
उनले स्थानीय उत्पादनलाई व्यवस्थापन गर्न नसकेका कारण कृषकहरूको परिश्रम र मेहनत खेर गइरहेको बताउँदै कृषकहरू हतोत्साहित भएकोले गर्दा युवा पुस्ता बाहिरिने क्रम बढेको बताइन ।
उक्त अवसरमा सुनसरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष द्वय सरोज श्रेष्ठ र राजेन्द्र शाह सम्मानित भएका छन।
महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुहरुको प्रर्दशन गरिएको छ । ४५ वटा स्टलहरुमा विभिन्न घरेलु, गरगहना, सौन्दर्य केयर श्रीगांर, कृषिजन्य बस्तु, खाद्यन्न तथा अन्य विभिन्न प्रकारका बस्तुहरुको प्रदर्शन गरिएको छ। उक्त पर्दशनी तीन दिन सम्म रहने छ।
सुनसरी उद्योग बाणिज्य संघको अध्यक्ष विजय श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमामा कोशी प्रदेश सांसद रमेश बस्नेत, धरानका उपप्रमुख अईन्द्र विक्रम बेघा, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुप लिम्बु, पूर्व मेयर तिलक राई, सुनसरी जिल्ला प्रशासन प्रमुख रामचन्द्र तिवारीले शुभकामना मन्तव्य राखेका थिए । सुरक्षा कर्मीका उच्च पदका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।
भिडियो पनि हेर्नुस: