धरान: बि.बि.एस.को कक्षा संञ्चालन बिहान गर्नु पर्ने माग राखेर महेन्द्र बहुमुखी क्याम्पस धरानका विद्मार्थीहरुले संयुक्त रुपमा आन्दोलन गर्दै आज क्याम्पस प्रशासन अगाडि धर्ना दिएका छन।
बिगत देखि नै आन्दोलन गर्दै आएका चार विद्मार्थी संगठनहरुले क्याम्पस प्रशासन बाट १२ गते प्रकासित सुचनामा बि.बि.एस. कक्षा बिहान पढनेले छुटै फारम भर्नु पर्ने भनी घुमाउरो भाषामा लागू नगर्ने उदेश्यले सुचना प्रकासित गरेको भन्दै पुन: आन्दोलन सुरु गरेको बताएका छन।
ने.बि .संघ, अखिल अनेरास्ववियु,अखिल कान्तिकारि र समाजबादि बिद्यार्थी युनियनले संयुक्त रुपमा आन्दोलन गरीरहेका छन। बिगतमा पनि आन्दोलन गरेको संयुक्त आन्दोलनरत विद्मार्थी र क्याम्पस प्रशासन बिच बिहान कक्षा संचालन गर्ने सहमती भए पछि आन्दोलन फिर्ता भएको विद्मार्थी नेताहरुले जानकारी दिएका छन।
धर्ना कार्यक्रममा बोल्दै नेबिसंघ महेन्द्र क्याम्पसका ईकाइ सभापती बिनोद आले मगरले बिहान कक्षा संञ्चालन गर्ने सहमती भएको थियो तर क्याम्पस प्रशासन बाट भदौ १२ गते प्रकासित सुचनामा बि.बि.एस.को बिहानको कक्षा लिने विद्मार्थीहरुले छुटै फारम भर्नु पर्ने भनी आएको सुचनाले आचर्य भएको भन्दै विद्मार्थीहरुको भबिष्य माथी खेलबाड नगर्न चेतावानी दिएका छन।
उनले भने बाहिर निजी क्याम्पसहरुमा बिहान संञ्चालन हुने र महेन्द्र क्याम्पसमा दिउँसो कक्षा संचालन हुने भएकोले बिहान क्याम्पस गएर दिउँसो काम गर्ने विद्मार्थीहरुको संख्या बढि भएकाले निजी क्याम्पसमा पढन विद्मार्थीहरु बाध्य भएको बताएका छन।
बि.बि.एस. महेन्द्र क्याम्पसमा पढदा बार्षिक ९ हजार खर्च लाग्ने निजी क्याम्पसमा पढदा ३० हजार भन्दा बढी लाग्ने आन्दोलनरत विद्मार्थी नेताहरुले जानकारी दिदै बिहानको कक्षा संञ्चालन नभए सम्म आन्दोलन जारी रहेने बताएका छन।
क्याम्पस प्रशासनले भने ४ बर्षे स्नातक तह प्रथम बर्षमा नयाँ भर्ना सम्बन्धी भदौ १२ गते सुचना प्रकासित गर्दै बि.बि.एस. पढन चाहाने विद्मार्थीहरुले छुटै फारम भर्नु पर्ने जानकारी दिएका छन। स्वतन्त्र विद्मार्थी युनियनले भने यो बिषयमा कुनै प्रतिकृया दिएका छैन्न।
भिडियो पनि हेर्नुस: