राजनिती

कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को कोषाध्यक्षमा सुवर्ण श्रेष्ठ चयन


धरान: नेपाली कांग्रेस धरानका नेता सुवर्ण श्रेष्ठ क्षेत्रीय कार्यसमितिको कोषाध्यक्ष चयन भएका छन् । उनलाई नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ का सभापति तिलक राईले धरान २ पार्टी कार्यालयमा आज बसेको क्षेत्रीय समितिको बैठकमा कोषाध्यक्ष मनोनीत गर्न प्रस्ताव गरेका थिए । क्षेत्रीय कार्यसमितिले सभापतिको प्रस्ताव पारित गरेपछि श्रेष्ठ कोषाध्यक्षमा चयन भएका हुन् । श्रेष्ठ निवर्तमान कार्यसमितिका समेत कोषाध्यक्ष थिए ।

नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नम्बर १ को निर्वाचन पश्चात् मंगलबार कार्यसमितिको पहिलो बैठक बसेको थियो । बैठकले संगठन सुदृढीकरण, आचारसंहिता, आगामी निर्वाचनका बारेमा बृहत छलफल गर्ने निर्णय गरेको छ । पार्टी आम नागरिकहरू समक्ष पुग्ने कार्यक्रमहरू गर्ने गरी बैठकले प्रस्ताव पारित गरेको छ ।

बैठकमा क्षेत्रीय समितिका निवर्तमान सभापति सुजेन्द्र तामाङले नवनिर्वाचित सभापति तिलक राई सहित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । बैठकले क्षेत्रीय समिति, नगर समिति, प्रदेश समिति, महाधिवेशन प्रतिनिधि, प्रदेश सम्मेलन प्रतिनिधि, वडा समितिको निर्वाचन सम्पन्न गर्ने निर्वाचन अधिकृतहरू निर्मला राई, विष्णु बराल र हर्ष सुब्बा लगायतलाई धन्यवाद ज्ञापन गर्ने समेत प्रस्ताव पारित गरेको छ ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३