राजनिती

धरान कांग्रेसको प्रथम बैठक सम्पन्न यूवा, विद्यार्थी र संगठनमुखि निर्णय

धरानः नेपाली कांग्रेसको १५औं महाधिवेशन पश्चात निर्वाचित धरान उपमहानगर कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । सभापति नरेन्द्र कुमार राई (प्रविन) को अध्यक्षतामा बैठक भएको हो । असोज ६ गते सर्वसम्मत निर्वाचित भएका सभापति राईले पार्टी कार्यालय पवेशको साइत कार्तिंक १६ मा जुरेपछि पूजापाठ समेत गरेर धरान–२ स्थित पार्टी कार्यालय प्रवेश गरी बैठक प्रारम्भ गरेका थिए ।

बैठकले यूवाहरुलाई लागु औषध तथा दुव्र्यसनीवाट बचौं र देशको असल नागरिक एवम् भविष्यको कर्णाधार बनौं भन्नै चेतना अभिवृद्धि गर्ने अभिप्रायका साथ आगामी मंसिर २१ गतेदेखि जेनजी फुटवल प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ ।

त्यसैगरी विद्यार्थीहरुलाई शिक्षामा प्रोत्साहन गर्न सामुदायिधक विद्यायलवाट एसईईमा उत्कृष्ट अंक ल्याई उतिर्ण गर्ने एक छात्र र एक छात्रालाई उच्च मा.वि.मा छात्रवृत्ति प्रदान गर्ने समेत निर्णय गरेको छ ।

बैठकले वडा सभापति र सचिवको अनिवार्य सहभागिता रहने गरी २०८३ मंसिर १२ र १३ गते नगरस्तरीय विशेष प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ ।

त्यस्तै धरान १३ र २० मा रहेको वीपी पार्कको व्यवस्थापन तथा सञ्चालन गर्न नगर सभापतिको नेतृत्वमा एक समिति निर्माण गरी थप पूर्वाधार निर्माण र शौन्दर्यकरणका कार्यहरुलाई अघि बढाउन विशेष पहल गर्ने समेत निर्णय गरेको छ ।

१५ औं महाधिवेशनवाट निर्वाचित भई आएका पालिका समितिहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आसन्न स्थानीय तहको निर्वाचनलाई समेत मद्दत पुगोस् भन्ने हेतुले धरान कोशी प्रदेशकै सबै सहर र जिल्लालाई जोड्ने ऐतिहासिक सहर भएकाले पार्टी नेतृत्वसंग समन्वय गरी यथाशक्य कोशी प्रदेशस्तरीय पालिका सभापतिहरुको भेला तथा प्रशिक्षणको आयोजना गर्ने समेत निर्णय गरेको छ ।

त्यसैगरी बैठकले नगर कोषाध्यक्षमा शिखा चेम्जोङलाई अनुमोदन गर्दै नगर सभापति २,५००, अन्य पदाधिकारी २,०००, कार्यसम्पादन समिति सदस्य १,५०० र सदस्यको १,०००क वार्षिक लेवी निर्धारण गर्नुका साथै नेपाल बैंक लिमिटिेडको धरान शाखामा पार्टीको बैंक खाता सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

धरानका सबै वडा कार्यसमितिहरुलाई ७ दिनभित्र बैठक बसी पूर्णता दिन र टोल कार्यसमितिहरु गठन गर्न सुसुचित गर्ने समेत निर्णय गरेको छ ।

नेपाली कांग्रेस धरानको नाममा रहेको फेसवुक तथा फेसवुक पेजलाई नगर समितिको आधिकारिक सामाजिक संजालको रुपमा सञ्चालनमा ल्याउन नगर समितिले तोकेको अधिकारीलाई मात्र एड्मिन तथा पासवर्ड उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३