राजनिती

लोकतान्त्रिक किरात राई संघको प्रथम महाधिवेशन भदौ १५ गते धरानमा हुने

धरान: नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल लोकतन्त्रवादी किरात राई संघको प्रथम केन्द्रीय महाधिवेशन भदौ १५ गते धरानमा हुने भएको छ।


शनिबार आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष आनन्द सन्तोषी राईले महाधिवेशनमा १५० भन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। महाधिवेशनमा कोशी प्रदेशका १४ जिल्लाका निर्वाचन क्षेत्रबाट तीन–तीन जना, एउटामात्र निर्वाचन क्षेत्र भएका जिल्लाबाट चार जना तथा काठमाडौं उपत्यकाबाट प्रतिनिधि सहभागी हुनेछन्।
महाधिवेशनले संघको विधान संशोधन, सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्दै नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष राईले बताए। २०७२ सालमा गठन भएको संघको अहिलेसम्म प्रथम महाधिवेशन हुन सकेको थिएन।
महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय नेता तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष ओमबहादुर घर्ती मगरले गर्ने बताइएको छ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३