समाज

धरानमा बाढीपहिरोमा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै गाईजात्रा


धरान : नेवार समुदायले आफन्तजनको निधनप्रति श्रद्धाञ्जली तथा भदौ १० गतेको बाढीपहिरोमा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गर्दै शनिबार धरानमा सापारु (गाईजात्रा) मनाएको छ।
सिद्धि नेवा: परिषद्बबाट निकालिएको सामूहिक गाईजात्रा छाताचोक, नेपाल टेलिकम, पुरानो बजार हुँदै भानुचोकबाट पुनः परिषद् भवनमा पुगेर औपचारिक रूपमा समापन गरिएको थियो।
गाईजात्रामा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा परिवारका सदस्यले गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने परम्परा छ। यसरी नगर परिक्रमा गराउँदा मृतकको आत्माले वैतरणी पार गर्ने जनविश्वास रहेको सिद्धि नेवा: परिषद्का उपाध्यक्ष मोहन श्रेष्ठले बताए।
गाईजात्राको औपचारिक समारोहमा धरान उपमहानगरपालिकाका कर्यवाहक नगरप्रमुख आईन्द्रविक्रम बेघा, कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थलगायत सहभागी थिए।
गाईजात्रा पर्वको सुरुआत राजा प्रताप मल्लको पालाबाट भएको मानिन्छ। पुत्रशोकमा रहेकी रानीलाई अन्य परिवारले पनि यस्तै शोक व्यहोर्नुपरेको देखाउन राजाले मृतकको नाममा गाईजात्रा निकालेर नगर परिक्रमा गराउन आदेश दिएको किंवदन्ती छ। रानी शोकबाट मुक्त हुन नसकेपछि राजाले व्यंग्यात्मक तथा हास्य कार्यक्रमसमेत गर्न आदेश दिएसँगै गाईजात्रामा हास्यव्यंग्य प्रस्तुत गर्ने परम्परा सुरु भएको मानिन्छ।
नेवा देय दबु धरानका अध्यक्ष मनोहर शाक्यले गाईजात्रा शुभकामना आदानप्रदान गर्ने पर्व नभएको बताए। उनले यस वर्ष रसुवा क्षेत्रमा आएको बाढीपहिरोमा ज्यान गुमाएकाको आत्माको शान्तिको कामना गर्दै तथा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै पर्व मनाइएको बताए।
“नेवार समुदायको संस्कृतिअनुसार गाईजात्रा शुभकामना प्रकट गर्ने र उत्सवकोपर्व होइन, समवेदना र श्रद्धाञ्जली व्यक्त गर्ने दिन हो,” शाक्यले भने।
धरानमा गाईजात्रामा नेवार समुदायका ३६ घरबाट गाईजात्रा निस्किएको दवु अध्यक्ष शाक्यले बताए।
उनका अनुसार सापारु आफन्तजन गुमाएका परिवारले सामाजिक रूपमा एकअर्काप्रति समवेदना व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्ने सांस्कृतिक पर्व हो। यस दिन आफ्ना प्रियजन तथा आफन्त गुमाएका शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै मृतकको आत्माको शान्तिको कामना गरिन्छ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले