
धरान : सुनसरी उद्योग वाणिज्य संघको ६३औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा रगत संकलन भएको छ।
कार्यक्रम संयोजक वर्षा अग्रवाल श्रेष्ठका अनुसार रक्तदानबाट ७३ पिन्ट रगत संकलन भएको हो।
रक्तदान कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले विपदमा परेका तथा उपचारत बिरामीको उपचारमा रक्तदानले महत्वपूर्ण सहयोग पुग्ने बताए। उनले रक्तदान जीवनदानको अभिन्न अंग भएको भन्दै एक व्यक्तिले दिएको रगतले अर्काको जीवन बचाउन सक्ने बताए। कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष गोपाल श्रेष्ठले गरेका थिए।

