धरान विशेष

हर्क साम्पाङ र वडा अध्यक्ष रमेश राईको एकल निर्णयले व्यवसायी विस्थापित हुने अवस्था आयो: व्यवसायी


धरान: देशीलाइन सडकमा दुईतर्फी सवारी सञ्चालनको माग गर्दै आन्दोलनरत व्यवसायीहरूले पूर्व नगरप्रमुख हर्क साम्पाङ र वडा नम्बर २ का अध्यक्ष रमेश राईको एकल निर्णय, समन्वयको अभाव र बेवास्ताका कारण व्यवसायी विस्थापित हुने अवस्था आएको आरोप लगाएका छन्।
बुधबार भानुचोकमा आयोजित कोणसभामा व्यवसायी भुपाल राईले व्यवसायीसँग छलफल नगरी मोटरसाईकललाई मात्र दुईतर्फी बाटो खोल्ने निर्णय गरिएको प्रति असन्तुष्टी जनाउदै वडा अध्यक्षलाई व्यवसायीहरुले प्रश्न गर्दा शासकको जस्तो व्यवहारले प्रस्तुत गरेको आरोप लगाए ।
बुधबार बिहान वडा अध्यक्ष, ट्राफिक प्रहरी, नेपाल प्रहरी तथा उद्योग वाणिज्य संघका प्रतिनिधिबीच देशीलाइनमा मोटरसाइकललाई मात्र दुईतर्फी सञ्चालन गर्ने सहमति भएको थियो। तर व्यवसायीहरूले छलफलमा आफूहरूलाई सहभागी नगरिएको विषयमा प्रश्न उठाउँदा वडाअध्यक्षको व्यवहार र बोलीले व्यवसायीहरु रुष्ट भई आन्दोलन गर्नुपरेको राईले बताए ।
उनले शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरी प्रशासनबाट धरपकड भएको आरोप लगाउँदै कार्यवाहक नगरप्रमुख अइन्द्र विक्रम बेघालेपनि संवादको वातावरण नबनाएको बताए। प्रहरी दमन गरिएको तथा स्थानीय सरकारले संवादको वातावरण नबनाएको गुनासो गरे।
व्यवसायी राईले भने ‘हर्क साम्पाङको कार्यकालदेखि नै कोशी राजमार्गको मापदण्डविपरीत दुईतर्फी सडकलाई एकतर्फी बनाउँदा व्यापारमा गम्भीर असर परेको दाबी गरे।
व्यवसायीहरूले आफूहरू कर तिर्न तयार भए पनि स्थानीय सरकार, वडा नेतृत्व, दलीय संयन्त्र र उद्योग वाणिज्य संघबाट व्यवसायिक हितको संरक्षण हुन नसकेको आरोप लगाए।
पूर्व वडा अध्यक्ष सुरेन राईले ५० फिट चौडा सडकलाई एकतर्फी बनाउनुको औचित्यमाथि प्रश्न उठाउँदै दमनको सट्टा संवादबाट समाधान खोज्नुपर्ने बताए। भानुचोक व्यवसायी समितिका अध्यक्ष गंगा राईले पनि बल प्रयोग नगरी व्यवसायीका जायज माग सम्बोधन गर्न स्थानीय सरकारसँग आग्रह गरे।
उनीहरूले कोशी राजमार्गमा पुनः दुईतर्फी सवारी सञ्चालन, भानुचोकमा यात्रुबाहक सवारी चढाउने–ओराल्ने व्यवस्था र स्थानीय उद्योग–व्यवसायको संरक्षण गर्दै धरानलाई व्यापारिक हबका रूपमा विकास गर्नुपर्ने तीनबुँदे माग अघि सारेका छन्।
मागको सुनुवाइ नभए आन्दोलनको स्वरुप परिर्वतन गर्दे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।