समाज

नेपाली कांग्रेस धरान–५ को रक्तदान कार्यक्रममा ४८ पिन्ट रगत संकलन

धरान: नेपाली कांग्रेस धरान–५ देउरालीको आयोजनामा आइतबार देउरालीमा सम्पन्न रक्तदान कार्यक्रममा ४८ पिन्ट रगत संकलन भएको छ। रक्तदान कार्यक्रमको संयोजन नेपाल तरुण दल धरान–५ ले गरेको थियो।
कार्यक्रम नेपाली कांग्रेस वडा ५ का सभापति कुमार देवानको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री उमेश थापा, क्षेत्रीय सभापति सजेन्द्र गोले, अनिल श्रेष्ठलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
रक्तदानले बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने भएकाले यस्ता सामाजिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने पार्टी वडा सचिव रमेश मगरले जनाए ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले