मनोरञ्जन समाचार

विश्व संगीत दिवसमा गायक रामा मण्डल सम्मानित हुने


धरान: धरान संगीत प्रतिष्ठानले विश्व संगीत दिवसको अवसरमा वरिष्ठ गायक रामा मण्डल लाई ‘स्रष्टा सम्मान–२०८३’ बाट सम्मान गर्ने भएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानले असार ७ गते आइतबार विश्व संगीत दिवसको अवसरमा सांगीतिक कार्यक्रमसहित स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको हो।
धरान–१८ स्थित विपी प्रतिस्ठान परिसरस्थित दशहरा हलमा परिसरको दशहरा हलमा हुने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष रमेश राईका अनुसार ‘कहाँ छौ कहाँ’, ‘यो केटीको ठीक छैन चाला’ र ‘अरुणीमा म तिमीलाई माया गर्छु हो’ लगायत चर्चित गीतका गायक मण्डललाई यस वर्ष सम्मान गर्न लागिएको हो।
धरान संगीत प्रतिष्ठानले विगत एक दशकदेखि विश्व संगीत दिवस मनाउँदै विभिन्न वरिष्ठ स्रष्टा तथा संगीतकर्मीलाई सम्मान गर्दै आएको छ। यसअघि वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठ, एलपी जोशी, प्रेमध्वज प्रधान, वरिष्ठ गीतकार शंकर थापा, गायिका लोचन भट्टराई र मिलनसिंह खाती लगायतलाई सम्मान गरिसकेको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानले स्थापना कालदेखि नै संगीत विद्यालय सञ्चालन गर्दै आएको र हालसम्म ५०० भन्दा बढी बालबालिकालाई संगीत शिक्षा प्रदान गरिसकेको जनाएको छ। आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई निःशुल्क संगीत शिक्षा समेत उपलब्ध गराउँदै आएको प्रतिष्ठानको भनाइ छ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता