शिक्षा

प्रोजेक्ट बेस लर्निङमार्फत व्यावहारिक शिक्षामा जोड दिदै शिक्षकहरुलाई सशक्तीकरण कार्यशाला


धरान: धरानका संस्थागत विद्यालयका शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्दै विद्यार्थी केन्द्रित शिक्षण प्रणाली विकास गर्ने उद्देश्यसहित धरानमा ‘टिचर एम्पावरिङ प्रोग्राम’ विषयक तीन दिने व्यावसायिक विकास कार्यशाला शनिबारबाट सुरु भएको छ ।
काठमाडौँस्थित ‘स्कुल ट्रान्सफर्मेसन फर प्रोग्रेसिभ एजुकेशन’ संस्थाद्वारा आयोजित कार्यशालामा धरानका सियोन, केके, आईडियल र कार्मेल स्कुलका ८० भन्दा बढी शिक्षक सहभागी छन् ।
कार्यशालामा प्रशिक्षक विकेश महर्जन र डा. टिकाराम पोख्रेलले सहजीकरण गरिरहेका छन् ।
सोमबार सम्म सञ्चालन हुने कार्यशालामा आधुनिक शिक्षण–सिकाइ प्रविधि, प्रभावकारी कक्षा व्यवस्थापन, विद्यार्थी केन्द्रित शिक्षण विधि तथा विद्यालयको समग्र संस्थागत सुधारका विषयमा प्रशिक्षण दिईने भएकोे छ ।
कार्यक्रममा विशेषगरी ‘प्रोजेक्ट बेस लर्निङ’अर्थात् प्रोजेक्टमा आधारित सिकाइ प्रणालीलाई प्राथमिकता दिइएको प्रशिक्षक महर्जनले बताए।
प्रशिक्षक महर्जनका अनुसार शिक्षण सिकाई विधिअन्तर्गत रही विद्यार्थीहरूले स्थानीय समाजका समस्या तथा चुनौती पहिचान गरी समाधान खोज्ने खालका प्रोजेक्ट तयार गर्नेछन् । ती प्रोजेक्ट शिक्षककै उपस्थितिमा कक्षाकोठाभित्र निश्चित समयावधि — कुनै ८ दिन त कुनै १० दिनभित्र पूरा गराइने प्रशिक्षक महर्जनले बताए ।
शिक्षकहरूलाई विद्यार्थीको सिर्जनशीलता, विश्लेषण क्षमता र व्यावहारिक ज्ञान विकास गर्ने खालका प्रोजेक्ट डिजाइन गर्न सिकाइरहेका छन् । यसले घोकन्ते शिक्षाबाट विद्यार्थीलाई बाहिर ल्याई ‘गरेर सिक्ने’ संस्कृतिको विकास गर्ने विश्वास लिइएको बताए ।
त्यस्तै, विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयलाई एकीकृत रूपमा व्यावहारिक जीवनसँग जोडेर अध्यापन गर्ने आधुनिक शिक्षण अवधारणालाई पनि कार्यशालामा समेटिएको छ । विशेषगरी गणित शिक्षकहरूका लागि ‘इन्नोभेटिभ म्याथम्याटिक्स’ सम्बन्धी विशेष तालिम सञ्चालन गरिने जनाइएको छ ।
विद्यालयको प्रोग्रेसिभ तथा संस्थागत विकासका लागि साझा ‘स्ट्यान्डर्ड फ्रेमवर्क’ निर्माण गर्ने योजना पनि अघि सारिएको छ ।
यसका लागि विद्यालयका प्राचार्यहरूसँग विभिन्न अन्तरक्रियात्मक सेसन सञ्चालन गरिनेछ ।
योजनाअन्तर्गत पाठ्यक्रम आदानप्रदान, अभिभावक शिक्षा तथा एकेडेमिक फेयर जस्ता कार्यक्रम सञ्चालन गरिनेछन्, जसलाई ‘कफी विथ भिजन’ नाम दिइएको छ । उक्त कार्यक्रममा विद्यार्थीहरूले आफ्ना सिर्जना तथा परियोजनाहरू आफैं प्रस्तुत र प्रदर्शन गर्नेछन् ।
यसैगरी अभिभावकलाई “असल अभिभावक कसरी बन्ने ?” भन्ने विषयमा शिक्षकमार्फत अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यो अभियानले विद्यार्थीलाई व्यावहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्ने, शिक्षकको शिक्षण कला परिष्कृत गर्ने, विद्यालयको प्रशासनिक संरचना मजबुत बनाउने तथा शिक्षण प्रक्रियामा अभिभावकको सक्रिय सहभागिता सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई