खेलकुद

दोस्रो राउन्ड टेबल फुटसल प्रतियोगिता वैशाख १२ मा हुने


धरानः सामुदायिक विद्यालयको शैक्षिक, भौतिक आवश्यकताका लागि कोष जुटाउन धरान राउन्ड टेबल २६ ले दोस्रो पटक फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगिता वैशाख १२ गते शनिवार धरान–१६ गोरखा फुटसलमा सञ्चालन हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुमित अग्रवालले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा बैङ्क तथा व्यवसायीक संस्थाका ८ टिम सहभागी हुनेछन् ।
प्रतियोगितामा प्रभु बैङ्क, नेपाल एसआईबी बैङ्क, मनाङ थर्मा प्रालि, एनएमबी बैङ्क, नबिल बैङ्क, एभरेस्ट बैङ्क, एनआईसी एसिया बैङ्क तथा सानिमा इन्स्योरेन्सका टिमले प्रतिस्पर्धा गर्ने भएको बताइएको छ ।
प्रतियोगिताका विजेताले ४१ हजार रुपैयाँ नगद सहित गिफ्ट भौचर प्राप्त गर्नेछ भने उपविजेताले २१ हजार रुपैयाँ नगदसहित फुड तथा गिफ्ट भौचर प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन प्रति टिम १५ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।
प्रतियोगीतको बिच १२ महिला खेलाडी सहभागी रहने फ्रेण्ड्ली म्याच पनि खेलिने बताइएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताबाट सङ्कलित रकम सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका कार्यमा खर्च गरिने आयोजकले जनाएको छ । विगत वर्ष देखि राउन्ड टेबल २६ ले विभिन्न सामुदायिक स्कुलहरूमा सहयोग गर्दै आएको अध्यक्ष अग्रवालले बताए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक