अपराध

बालिकालाई यौन दुर्ब्यबहार गर्न खोज्न्नेलाई कार्बाहीको माग


धरान: धरान उपमहनगरपालिकाका मेयर हर्कराज राईले चलाएको श्रमदानमा धरान १६ नौलो बस्तीकी एक बालिकालाई यौन दुर्ब्यबहार गरेको विषयमा धरान बाल सञ्जालले दोषीमाथि कारबाही गर्न माग गर्दै इलाका प्रशासन कार्यालय धरानमार्फत गृहमन्त्रालाई ध्ध्यानाषर्षणपत्र बुझाएकोे छ ।
गत वैसाख १७ गते बुधबार श्रम गरेकै समयमा धरान १७ का ५५/६० बर्षका एक व्यक्तिले धरान १६ नौलो बस्तीकी बालिकामाथि बलात्कारको प्रयास गरेको विषयमा कसैको ध्यानाकर्षण नभएको भन्दै उनीहरुले दोषी पत्ता लगाई कारबाही गर्न माग समेत गरेका छन् ।
नगरबाल सञ्जाल धरान ११ र १६ सहित अन्य बाल सञ्जालले संयुक्त रुपमा बुझाइएको ध्यानाकर्षणपत्रमा
धरान–१६ नौलो बस्तीकी एक बालिकामाथि करिब दुई महिनाअघि यौन दुव्र्यवहार भएको विषय समाचारमाध्यमहरुमा सार्वजनिक हुदा समेत सम्बन्धित निकायको ध्यान नजानु विडम्बना भएको बताएका छन् । ईलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मीप्रसाद रेग्मीलाई ध्यानाकर्षणपत्र बुझाउदै नगर बाल सञ्जाल धरान ११ का अध्यक्ष रोजन शंकरले घट्ना भइसकेपछि बालसञ्जालका प्रतिनिधिले पीडित बालिकालाई भेटेर जानकारी समेत लिइएको बताउनुभयो । उहाँले सञ्चार माध्यमहरुले सार्वजनिक गरेको घटना र बालिकासँग प्रत्यक्ष भेटेर कुराकानी गर्दा घटना सत्य भएको पुष्टि पाइएकोले दोषीलाई कडा भन्दा कडा कार्बाहीको माग गर्नुभयो ।
घटना सार्वजनिक हुँदा समेत बालिकालाई न्याया दिने कुरामा कसैले चासो नदेखाएको भन्दै दोषी उपर कारबाहीका लागि जस्तोसुकै समस्या आए पनि डटेर लड्ने चेतावनी वडा बाल सञ्जाल धरान १६ का सचिव शिवप्रसाद घिमिरेले दिएका छन ।
यो घट्नलाई गम्भीर रुपमा लिएको बताउदै दोषीलाई कानुनको कठघरामा उभ्याउनुपर्नेउनीहरुको माग छ । घट्नाका विषयमा जाहेरी दिन जाँदा जाहेरी नदिनु, अपराधीलाई लुकाउने प्रयासले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्नुपर्ने वडा वाल सञ्जाल धरान १६ का पूर्व अध्यक्ष नविन राईले प्रशासनसँग माग गर्नुभयो ।,
बालिकाप्रति भएको यौन दुर्ब्यबहार क्षम्य विषय नभएकोले प्रशासनले कुनै पनि हालतमा अभियुक्तलाई नियन्त्रणमा लिई कार्वाही गर्न माग गर्दै पीडित बालिकामा पर्न गएको मनोवैज्ञानिक असर र परिवारमा पर्न गएको बज्रपातप्रति प्रशासनले गम्भीरतापूर्वक लिनुपर्ने उनीहरुले माग गरेका छन् ।
वैसाखमै घटेको यो घट्नाका विषयमा घट्ना सामसुम पार्न विभिन्न व्यक्तिहरु लगि परेको भन्दै धरान उपहानगरपालिकाका वडा नं. १६ का वडाध्यक्ष मुरारी भट्टराई, वडाबासीहरुले यस भन्दा अगाडि पटक पटक प्रहरी प्रशासनलाई ध्यानाकर्षण गराउदै आएका थिए । यसका बाबजुत पीडित पक्षले विहीबार ईलाका प्रशासन कार्यालय धरानमा ४ जना विरुद्ध किटानी जाहेरी दिएका छन् । जाहेरीमा क–कस्को नाम उल्लेख भन्ने कुरा प्रहरीले खुलाउन चाहेको छैन । इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले उजुरीमा रहेका व्यक्तिको खोजी कार्य भइरहेको र छानविन पश्चात सत्यतथ्य बाहिर सार्वजनिक गर्ने बताउनुभयो ।

छुटाउनुभयो कि ?

अपराध

संञ्चारकर्मी संञ्जीता धमला माथी हर्क साम्पाङ समर्थक महिलाहरुद्वारा आक्रमण

सञ्चारकर्मी संञ्जीता धमला माथी विपी कोईराला विज्ञान प्रतिष्ठान भित्र धरानको मेयर हर्क साम्पाङ समर्थक महिलाहरु द्वारा आक्रमण भएको समाजिक संञ्जाल
अपराध

संचारकर्मी धमला आक्रमणमा संलग्नता रहेको आरोपमा सृजना बेघा पक्राउ

बुधबार  बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सञ्चारकर्मी सञ्जीता धमला माथी आक्रमण गरेको घटनामा संगलगनता भएको आरोपमा एक जना महिला पक्राउ