राजनिती

भ्रष्टाचार गर्ने जोकोहीले पनि कारबाहीको भागीदार बन्नुपर्छ–महामन्त्री थापा


धरान: भिजिट भिषा प्रकरणमा मुछीएका गृहमन्त्री रमेश लेखकले बुधबार काठमाण्डौमा सञ्चारकर्मीहरुसँग आफू निर्दोष भएकोले राजीनामा नदिने अडान राख्दै आएको बेला यता आफ्नै पार्टीका महामन्त्री गगन थापाले दोषी जोकोही भएपनि उन्मुक्ति पाउनु नहुने धारणा राख्नु भएको छ ।

नेपाल सरकारका पूर्व मन्त्री समेत रहनु भएका थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसको छानविन शुरु गरेको बताउदै छानविन हुउन्जेल पदमा बस्नु जाजय नभएको बताउनुभयो उहाँले छानविनको निष्कर्ष नआउन्जेल पदबाट राजीनामा दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले छानविनका क्रममा दोषी भए सजायको भागीदार हुनुपर्ने र निर्दोष भए पदभार ग्रहण गरेर नियमित काम कारबाही सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । नेपाली काँग्रेसले गृहमन्त्री लेखकलाई जोगाउन लागेको भन्ने आरोप पार्टीले खेपिरहेको र मन्त्री लेखकले पनि आफूले भ्रष्टाचार नगरेको अभिव्यक्ति दिएर चोख्खिने प्रयत्न गरिरहेका बेला पार्टीकै महामन्त्री थापाले नेपाली काँग्रेस धरान उपमहानगर समितिको दोस्रो सम्मेलनमा यस्तो अभिव्यक्ति दिनुभएको हो ।

उहाँले जोसुकै भएपनि संवैधानिक निकाय अख्तियारलाई यस विषयमा काम गर्न दिनुपर्ने तर्क राख्नुभयो ।
उहाँले फरक प्रसंगमा जेठ १५ गते राजावादीको आन्दोलनप्रति इंगित गर्दै नेपालमा संवैधानिक राजतन्त्र कुनै हातलमा हुन नहुने बताउनुभयो । उहाँले विगतमा नेपाली काँग्रेसले राजालाई काधमा बोकेर हिडेको बताउदै राजाहरुले विगतमा गरेका काम कुनै पनि संंवैधानिक नभई सीमा मिचेर गर्दा अफ्ठ्यारो अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले विगतमा संवैधानिक राजतन्त्र वहुदलीय व्यवस्था हुदा प्रजातन्त्रप्रति नै राजाले प्रहार गरेको घट्ना बताउदै अहिलेजस्तो वाक स्वतन्त्रता त्यसबेला नभएर देशमा निरकुंशता लादेको बताउनुभयो ।
उहाँले अहिले देशम भ्रष्टाचार मौलाएको बताउदै भ्रष्टाचारबाट अकुत कमाएको सम्पत्ति जफतसँगै जुनसुकै पार्टीकौ जोकोहीले पनि कारबाहीको भागिदार बन्नै पर्ने तर्क राख्नुभयो ।
उहाँले राजावादीहरु सल्बलाउनुको प्रमुख कारण लोकतान्त्रिक गणतन्त्र स्थापनापश्चात जनताले अपेक्षा गरे अनुसारको काम हुन नसक्नु, देशमा वेरोजगारीको व्यवस्था गर्न नसक्दा युवा शक्ति रोजगारीकौ लागि विदेश पलायन हुनु, संघीयताको मर्म विपरत प्रदेशको अधिकार केन्द्रले हस्तक्षेप गर्नु लगायतका यावत कुरा रहेको बताउदै अब भने आफ्नो, आफ्ना नातेदारका लागि भन्दा पनि देश र जनताको भावना बुझेर काम गर्ने बेला समय आएकोले पार्टीका तल्लो तहदेखि नै जनताको भावना र मर्म अनुसार काम पार्टीका ग्रास लेवलका कार्यकर्ताहरुलाई सुझाव दिनुभयो ।
कार्यक्रममा पार्टी र समाजमा योगदान पुर्‍याउने ६ जनालाई सम्मान गरिएको थियो भने भर्खरै सम्पन्न निर्वचनबाट नेविसंघबाट निर्वाचित धरानका चारैवटै क्याम्पसका पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३