शिक्षा

नेबिसंघद्वारा महेन्द्र क्याम्पस धरानमा छात्रा समिती गठन

धरान: नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले स्मिति राईको अध्यक्षमा २१ सद्स्य छात्रा समिति गठन गरेको छ।
आज सोमबार क्याम्पसमा आयोजित कार्यक्रमबाट उपाध्यक्ष डेनिसा राई, सचिब देवानि राई, सह सचिब समीक्षा राई, कोषाध्यक्षमा उपमा कुलुङ्ग चयन भएका छन। छात्रा समिती गठन कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसको पूर्व केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधि सांसद मीना सुब्बाले नयाँ छात्रा समितीलाई बधाई तथा शुभकामना दिदै नेविसंघ महेन्द्र क्याम्पस इकाई समितीले छात्राहरुको नेतृत्व बिकास संगै यो कार्यले भबिष्यमा देशको कार्यकारी पदमा महिला पुग्न सक्ने बिचार व्यक्त गर्नु भएको थियो।
नेबिसंघ महेन्द्र क्याम्पस ईकाई सभापती विनोद आले मगरले छात्राहरुलाई राजनिती बिकास संगै नेतृत्व क्षमता बिकासमा सहयोग पुग्ने हेतुका साथ छात्रा समिती गठन गरेको बताउनु भयो।
उक्त कार्यक्रममा अतिथिहरु ने.वि.संघ कीन्द्रीय सदस्य संगीता राई, नेपाली कांग्रेस सुनसरी जिल्ला सदस्य अनुपमा राई, नेपाली कांग्रेस क्षेत्र नं. १(क) कोषाध्यक्ष रुबीना गुरूङ, धरान नगर सहसचिव शीला बज्राचार्य, नेपाल महिला संघ धरान नगर अध्यक्ष सुशीला श्रेष्ठ, स्ववियुका सभापति प्राशन राईको उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई