शिक्षा

भगवती आधारभूत विद्यालय अझै सहयोगकै भरमा सञ्चालन हुदै


धरान: निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर अझै पनि बृद्धि हुन सकेको छैन । सरकारले ल्याएको अध्यादेश तथा शिक्षा नीतिमा सामुदायिक विद्यालयको गुणस्तर बढाउने कुरा उल्ले्ख भए पनि कार्यान्वयन पक्ष भने फितलो हुदा सामुदायिक विद्यालयको अवस्था त्यस्तै रहेको छ । सहयोगकै भरमा सञ्चालन गनुपर्ने अवस्था यथावत छ ।
गरिब तथा निम्न वर्ग भएका समुदायका बालबालिकारुलाई समेत स्वास्थ्यको पहुच पुर्‍याउने उद्देश्यले ५२ बर्ष अगाडि स्थापना भएको बराहक्षेत्र नगरपालिका १ बगुवाको भगवती आधारभूत विद्यालय विगतमा जस्तो थियो अहिले पनि उस्तै छ । अहिले पनि यो विद्यालय सहयोगमा भरमा सञ्चालन छ ।
२०३० सालमा स्थापना भएको यो विद्यालयको भौतिक संरचनाहरु पर्याप्त भए शिक्षा प्रदान गर्दा चाहिने सामाग्री भने अहिले पनि अभाव छ । गरिब तथा असहायलाई लक्षित गरि स्थापना भएको यो विद्यालयमा ७० जना विद्यार्थी अध्ययनरत छन् ।
निम्न आए भएका विद्यार्थीहरु अध्ययन गर्ने भएकाले समय समयमा विभिन्न संघ संस्थाले यस विद्यालयलाई सहयोग पुर्‍याउदै आएका छन् । यसै क्रममा क्लोथ फाउन्डेशन धरानले विद्यालयमै पुगेर मनोरञ्जनको साधनको रुपमा प्रयो्ग हुने साउण्ड सिस्टम सहयोग गरेको छ । अमेरिकामा बसोबास गर्दै आउनु भएका फाउन्डेशनका सदस्य भरत ढकाल र विनिता आचार्यको सुपुत्र अर्जितमणि ढकालको सहयोगमा सो विद्यालयलाई साउन्ड सिस्टम प्रदान गरिएको फाउन्डेशनका अध्यक्ष विनय प्रधानले बताउनुभयो ।
सो अवसरमा बोल्दै विद्यालयकी प्रद्यानाध्यापक सीता राईले विद्यालयमा बजेट नभएकै कारण विद्यार्थीहरुलाई अध्ययनका अलावा आयोजना गरिदै आएको अतिरिक्त क्रियाकलापका कार्यक्रम गर्न समेत समस्या हुने गरेको बताउनु भयो । भौतिक संरचना भएपनि खेलकुद, मनोरञ्जन लगायतका समाग्री यस विद्यालयमा नहुदा समस्या हुने गरेको उहाँको भनाई छ ।
स्रोत र साधनको अभावका बाबजुद पनि विद्यालय सञ्चालनका लागि विभिन्न सघ सस्थासँग अनुरोध गर्नुपर्ने अवस्था रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर थापाले जानकारी दिनुभयोे ।
यस भन्दा अगाडि अर्थात गत माघ महिनामा क्लोथ फाउन्डेशन धरानले ७० जना विद्यार्थीहरुलाई न्यानोको कपडासँगै टोपी समेत वितरण गरेको् थियो । यो संगै यो संस्थाले विभिन्न ठाउँमा आवश्यक पर्ने जाडोको कपडा, शैक्षिक सामाग्री लगायतका सामाग्री वितरण गर्दै आइरहेको छ ।
सामुदायिक विद्यालयलाई नीजि विद्यालय सरह बनाउने नीति सरकारको भए पनि अति पिछडिएका, निम्न आय भएका विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयलाई समेत सरकारले प्रयाप्त बजेट विनियोजन गरेको पाइदैन । शैक्षिक गुणस्तरको कुरा नारामा मात्र सीमित राख्ने तर सहयोग नगर्ने प्रवृत्तिका कारण यस्ता विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न नसकिएको हो । यसतर्फ सरकार गम्भीर भएको पाइदैन ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई