समाज

धरान १७ समाज हङकङका अध्यक्ष मधु चाम्लिङलाई सम्मान


धरान १७ समाज हङकङका अध्यक्ष मधुकुमार चाम्लिङलाई धरान उपमहानगरपालिका  वडा न. १७ कार्यलयले स्वागत तथा सम्मान गरेको छ ।
कार्यलयले आइतवार एक कार्यक्रमको आयोजना गरि अध्यक्ष चाम्लिङलाई सम्मान गरेका हुन । वडा कार्यलयल परिवारले चाम्लिङलाई खदा ओडाएर मायाको चिनोको रुपमा खुकुरी प्रदान गरेको छ ।  धरान १७ निवासि चाम्लिङ केहि दिन अघि विदामा नेपाल आएका हुन । विदेशमा रहेर पनि आफ्नो वडाको विकाशमा धरान १७ समाज हङकङ परिवारले निरन्तर सहयोग पुर्याउदै आएकोमा कदर स्वरुप सम्मान गरिएको धरान १७ का वडाध्यक्ष मनोज भट्टराईले जानकारी गराए । समाजले वडाको शिक्षा, स्वास्थ्य, खेलकुद, असाहाय, विपन्न लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको अध्यक्ष भट्टराइले वताए ।  

स्वागत तथा सम्मान कार्यक्रम आयोजनाका लागि धरान १७ समाज हङकङका अध्यक्ष मधुकुमार चाम्लिङले वडा परिवारलाई धन्यवाद दिएका थिए । उनले वडामा वन्दै गरेको सार्वजनिक सौचालयका लागि १७ समाज हङकङले सहयोग संकलन अभियान चलाइरहेको र डेढलाख भन्दा माथि उठिसकेको समेत जानकारी गराए । आफु हङकङ फर्किए पछि तत्काल सहयोग रकम पठाउने उनले वताए । विदेशमा रहे पनि आफ्नो ठाँउको, देशको सधै माया रहने र समाजले निरन्तर सकेको सहयोग गर्ने अध्यक्ष चाम्लिङले प्रतिवद्धता जनाए । समाजले आफ्नो वडा वाहेक पनि २०७२ सालको भुकम्प पिडित, वाढिपिडित, कोरोना महामारी लगायत विभिन्न क्षेत्रमा सहयोग उपलव्ध गराउदै आएको छ ।
कार्यक्रममा वडा न. १७ का निर्वतमान वडा सदस्य सुवास वर्देवा, वडा कार्यलय परिवार लगायतको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले