
धरान: डव्लु डव्लु जि (वुमन्स वर्थ ग्रुप) को आयोजनामा यहि जेष्ठ १७ गते हुन लागेको मिसेस स्टेट २०२५ सिजन थ्री कोशी प्रदेशको तेस्रो अडिसन शनिवार संपन्न भएको छ।
गृहणि महिलाहरुलाई लक्षित मिसेस स्टेट सिजन थ्रीको दोस्रो अडिसनमा ७ जनाले सहभागि जनाएका छन । धरान पुतली लाइन स्थित चौथो रेष्टरेन्टको हलमा दोस्रो अडिसन संपन्न भएको थियो । वुमन्स वर्थ ग्रुपका सचिव ज्योति राईको अध्यक्षतामा संपन्न अडिसनमा निर्णायकको रुपमा महिला उद्धमी तथा झुनाज फिटनेसका प्रो.झुना राई, यु एन कलेजका होटल म्यानेजमेन्ट विभाग संयोजक तथा नेपाली रैथाने खानाका खोजकर्ता गगनमान श्रेष्ठ र कोरियोग्रफर डिजे ललित राई रहेको थियो । अडिसनको औपचारिक कार्यक्रममा सहभागिहरुलाई निर्णायक तथा मिसेस स्टेट सिजन थ्रीका कोरियोग्राफर डिजे ललितले मिसेस स्टेट सिजन थ्री बारे प्रकाश पारेका थिए । ११ वजे देखि दुई वजे सम्म चलेको तेस्रो अडिसनमा ९ जनाले अडिसन दिएका थिए । पहिलो, दोस्रो र तेस्रो अडिसनमा धरान, इटहरी, धनकुटा, संखुवासभा लगायत वाट सहभागी भएका थिए । अडिसन वाट छनौट भएका अभिभावकहरु संग सोमवार प्यारेन्ट्स मिट कार्यक्रम रहेको वुमन्स वर्थ ग्रुपका अध्यक्ष सुजता श्रेष्ठले जानकारी गराएका छन । प्यारेन्ट्स मिटमा सहभागि र उनिहरुको अभिभावकहरुलाई मिसेस स्टेट कार्यक्रमको विषयमा जानकारी गराइने अध्यक्ष श्रेष्ठले जनाइन । मिसेस स्टेट सिजन थ्रीको ग्रान्ड फिनाले जेष्ठ १७ गते शनिवार धरान १६ स्थित गुरुङ विविक्यु पार्टि प्यालेसमा हुनेछ ।
मिसेस स्टेट २०२५ सिजन थ्रीका विजेताले नगद रु. ५१ हजार, क्राउन, ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । फस्ट रनर अपले नगद रु. २५ हजार, क्राउन, ट्रफि र गिफ्ट हयाम्पर र सेकेन्ड रनरअपले जनहि क्रमशः नगद एकाउन्न हजार रुपैया, २५ हजार रुपैया, १५ हजार रुपैया, क्राउन, ट्फि र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । यसैगरि टाइटल अवार्डमा मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, मिसेस एक्टिभ र पिपल्स च्वइस अवार्ड रहेको छ । उनिहरुले ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।