
धरान: पहिचानको मुद्धालाई दरिलो बनाउने उद्देश्यले गठन भएको संयुक्त पहिचानवादी मोर्चा गठन भएदेखि आफ्नो उपस्थितिलाई दरिलो बनाउदै आएका थिए । एक बर्ष अगाडि अर्थात २०८१ सालमा पूर्वमा पहिचानको मुद्धा उठाइरहेका प्रा.डा. महेन्द्र लावतीले नेतृत्व गरेको संघीय संयोजक पहिचानवादी मोर्चा, केपी पालुङ्वाले नेतृत्व गरेको राष्ट्रिय जनमुक्ति पार्टी, डकेन्द्रसिंह थेगिमले नेतृत्व गरेको प्रदेश नं.१ पुनः नामांकन अभियान समिति र ज्ञानबहादुर गुरुङले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टी, प्रदेश नं.१ समितिले मोर्चाको घोषणा गरेका थिए । यसैसँगै बुधबारबाट भने नागरिक उन्मुक्ति समेत आवद्ध भएको छ ।
यसैक्रममा मोर्चाले जिल्ला कार्यसमिति चयनलाई समेत निरन्तता दिएका छन् । मंगलबार धरान १५ इजि राइडरमा उनीहरुले मोर्चाको सुनसरी जिल्ला कार्यसमिति चयन गरेका छन् ।
सो अवसरमा बोल्दै भर्खरै मोर्चामा आवद्ध रहेको नागरिक उन्मुक्ति पार्टीका नेता अमर इजमले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि पहिचानका मुद्धालाई राज्यसत्ताले सधै उपेक्षा गरेको बताउनुभयो । उहाँले अब पहिचानवादी शक्ति एक ठाउँम उभिनुपर्ने बताउनुभयो ।
यस्तै संयुक्त पहिचानवादी मोर्चामा आवद्ध राष्ट्रिय जनमुक्ति पार्टीका नेता विष्णु थामदेनले पहिचानको मुद्धामा एकताबद्ध भएर आन्दोलन नगरेसम्म मुद्धा ओझेलमा पर्ने भएकोले मुद्धाका विषयमा सबै एकै ठाउँ उभिनुपर्ने बताउनुभयो ।
सो अवसरमा पहिचान पक्षधर दलहरुले संयुक्त पहिचानवादी मोर्चाको सुनसरी जिल्ला कार्यसमिति गठन गरेका छन् । देउमान लिम्बुको संयोजकत्वमा ५६ सदस्यिय संयुक्त पहिचानवादी मोर्चाको सुनसरी जिल्ला कार्यसमिति गठन गरिएको हो ।
नागरिक उन्मुक्ति पार्टीका धरान नगर ईन्चार्ज देउमान लिम्बु संयोजकत्वमा गठन भएको सुनसरी जिल्लाको मोर्चामा संगीता श्रेष्ठ, बुद्वीमान थाङ्गदेन, दिपक लावती र राम लकान्द्री सह संयोजक रहनु भएको छ भने मोर्चाको सदस्य सचिवमा शिवाहाङ राई दिपकला माङलाक लिम्बु, पुर्ण बान्तावा, दिपराज राई र सुनिता लिम्बु श्रेष्ठ रहनु भएको छ । कोषाध्यक्षमा उषा लिम्बु संयक्पा चयन भएको मोर्चाले जनकारी दिएका छन । ।
देउमान मेन्याङ्बोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिति राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद पालुङ्वा रहनु भएको थियो । यसैगरी कार्यक्रममा मोर्चामा आवद्ध नेता ज्ञान बहादुर गुरुङ, जेन्टल लाउती, खगेन्द्र माखिम, एवी पन्थाक लगायतको उपस्थिति रहेको थियो ।