
धरान: पर्वत सेकेन्डरी बोर्डिङ स्कुल धरान–१९ द्धारा प्रदान
गरीदै आएको मन्जिला स्मृति छात्रवृत्ति पुरस्कार नदिरा राई र फोनिक्स राईलाई प्रदान गरीएको छ । नदिरा कक्षा १ उर्तीण गरी कक्षा २ मा गएकाछन् भने फोनिक्स कक्षा २ उर्तीण गरी कक्षा ३ मा प्रवेश गरेका अनुशासित र जेहेन्दार विद्यार्थी हुन ।
स्कुलले हरेक वर्ष दुइजनालाई सो पुरस्कार वितरण गर्दै आएको स्कुलका कोअर्डिनेटर सुमन चेम्जोङले जानकारी दिनुभयो । शनिवार स्कुलको ३१ औ बार्षिकोत्सव, छात्रवृत्ति बितरण तथा नतिजा शप्रकाशन कार्यक्रम मार्फत सो पुरस्कार वितरण गरीएको थियो ।
दुवैलाई नगद दश/दश हजारका दरले पुरस्कार राशी प्रदान गरीएको थियो । स्कुलको प्राङ्गणमा भएको कार्यक्रममा १९ नम्बर वडाकै ज्येष्ठ नागरिक १०२ बर्षिय नर बहादुर लिम्बु प्रमुख अतिथि रहनु भएको थियो ।
समाजका ज्येष्ठ ब्याक्तित्वलाई सम्मान गर्न नर बहादुर लिम्बुलाई प्रमुख अतिथि बनाएको स्कुलका कोअर्डिनेटर सुमन चेम्जोङले बताउनु भयो । सो अवसरमा अग्रजलाई सम्मानका लागि जेष्ठ नागरीक नरबहादुर लिम्वुलाई दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।
स्कुलका निर्देशक डा. दिलकुमार लिम्वुले जेष्ठ नागरीक नरबहादुर लिम्वुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा मन्जिला स्मृति छात्रवृत्ति पुरस्कार बितरण गरिनुका साथै बार्षिक परीक्षाको नतिजा समेत प्रकाशन गरिएको थियो।
सो अवसरमा विद्यार्थीहरुले नृत्य, गायन, कराते, बक्तृत्वकला लगायतका विभिन्न अतिरिक्त कृयाकलापहरुमा स्कुलको प्रतिनिधित्व गर्दै अन्य ठाउमा सहभागीता जनाएर बिजेता बन्न सफल बिद्यार्थीहरुलाई भाईस प्रिन्सिपल होम प्रसाद लिम्बुले मायाको चिनो र खदा लगाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य, गीत प्रस्तुत गरी अभिभावकहरु र अतिथिहरुलाई मनोरञ्जन प्रदान गरे।
स्कुलका निर्देशक दिल बहादुर लिम्बुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक प्रबेग हाङ्स्रोङ लिम्बुले गर्नुभएको थियो ।
स्कुलका कोअर्डिनेटर सुमन चेम्जोङले स्कुलले ७० जना जना विद्यार्थीहरुलाई विभिन्न किसिमका छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिनुभयो ।