शिक्षा

स्ववियु निर्वाचन: धरानमा महेन्द्र र हात्तीसारमा गठबन्धन, इन्जिनियरिङमा गठबन्धन गरेन्न

धरान: स्वतन्त्र विद्यार्थी युनियनको चैत ५ गते हुने निर्वाचनमा धरानका २ वटा क्याम्पसमा नेविसंघ र अनेरास्ववियुले गठबन्धन गरेका छन। मंगलबार भएको उम्मेदवारी दर्तामा नेपाली काँग्रेस निकट नेवि सङ्घ र नेकपा एमाले निकट अनेरास्ववियुले पार्टी र विद्यार्थी सङ्गठनका नेताहरू बिचको सहमतिमा गठबन्धनका उम्मेदवारी दर्ता गराएको हो।

नेविसङ्घ र अनेरास्ववियुको गठबन्धन तर्फबाट महेन्द्र क्याम्पसको सभापतिमा नेबिसंघका प्रशान्त राईले उम्मेदवारी दिएका छन भने केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अनेरास्ववियुका अनिरुद्ध श्रेष्ठ (कृश)ले सभापतिको उम्मेदवारी दिएको छ ।

महेन्द्र क्याम्पसमा सभापतिका उम्मेदवारहरू नेकपा माओवादी केन्द्र निकट विद्यार्थी युनियन अनेरास्ववियु क्रान्तिकारीको तर्फबाट तेज बहादुर दुमी, समाजवादी विद्यार्थीबाट युवराज राई (अलौकिक), अनेरास्ववियु क्रान्तिकारी मोहन वैद्य किरण निकटबाट अमृता राई रहेका छन् ।

केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अनेरास्ववियु क्रान्तिकारी र स्वतन्त्र समूहबिच गठबन्धन भई स्वतन्त्र समूह तर्फका सभापतिको उम्मेदवार पेशल राज कार्की उम्मेदवार बनेका छन् ।

पुर्वाञ्जल इन्जिनियरिङ क्याम्पसमा सभापतिको उम्मेदवारहरू नेवि सङ्घ तर्फबाट सागर बस्याल, अनेरास्ववियु क्रान्तिकारी तर्फबाट करण मगर, अनेरास्ववियुको तर्फबाट ईश्वर बन्जाडे, समाजवादी विद्यार्थी (उपेन्द्र यादव) तर्फबाट गणपति झा, स्वतन्त्र विद्यार्थी समूहको तर्फबाट सविन धितालको उम्मेदवारी रहेको छ। इन्जिनियरिङ क्याम्पसमा भने गठबन्धन भएको छैन।

महेन्द्र क्याम्पसमा कुल मतदाता सङ्ख्या ४ हजार ४८४, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा कुल मतदाता सङ्ख्या ९५६, इन्जिनियरिङ क्याम्पसमा मतदाता नामावली प्रकाशनमा कुल सङ्ख्या २ हजार ३६२ रहेका छन् । त्रिभुवन विश्वविद्यालयको धरान स्थित आङ्गिक ३ क्याम्पसमा करिब ७ हजार ८०२ जना मतदाता रहेका छन् ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई