खेलकुद

पानबारीलाई खेलकुदबाट चिनाउन दोस्रो पानबारी गोल्डकप आगामी बैशाख १३ देखि हुने


धरान: धरान उपमहानगरपालिकाकाले वडा नं. ५ र ६ कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने अवधारणा अगाडि बढाएको छ । यो क्षेत्र धरानको कृषि पकेट क्षेत्र भए पनि पानबारीका युवाहरुले पानबारीलाई खेलकुदबाट पनि चिनाउन गत बर्षदेखि पानबारी गोल्डकपको आयोजना गरेका छन् ।
यस बर्ष पनि गोल्डकपलाई निरन्तता दिने भएका छन् । पानबारीलाई खेलकुदको विकाससँगै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना शुरु गरेको गोल्डकपको दोस्रो संस्करण आगामी वैसाखमा गर्ने आयोजक पानबारी फुटबल क्लबले जनाएको छ ।
पानबारी सामुदायिक भवनभित्र रहेको आफ्नै कार्यालय कक्षमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैसाख १३ देखि १९ गतेसम्म आयोजना गर्ने भएको हो ।
प्रतियोगितामा ‘ए’ डिभिजन र ‘बी’ डिभिजन क्लबका आठ टिमले सहभागिता जनाउने भएका छन् । गत बर्षको तुलनामा यस बर्ष पुरस्कारको राशी समेत बढाइएको क्लबका अध्यक्ष कृष्णबहादुर राई (भुपाल)ले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो गोल्डकपमा पहिलो हुने टिमलाई १ लाख ११ हजार १ सय ११ प्रदान गरिएकोमा यस बर्ष २ लाख २२ हजार २ सय २२ रुपैया पुर्‍याएको छ भने गत बर्ष ५५ हजार ५ सय ५५ रुपैया रहेको दोस्रो पुरस्कार बढाएर १ लाख ११ हजार १ सय ११ रुपैया पुर्‍याएको छ ।
प्रतियोगितामा १९ लाख रुपैयाको अनुमानित आय र १७ लाख १२ हजार ३ सय ३३ रुपैया बराबरको अनुमानित व्यय प्रस्तुत गरेको छ । प्रतियोगितामा स्थानीय सरकार, रोजगारीका लागि विदेशमा गएका पानबारीबासी, स्थानीय बासिन्दाहरुबाट सहयोग प्राप्त हुने अध्यक्ष राईले जानकारी दिनुभयो । सो अवसरमा पहिलो बर्ष दोस्रो पुरस्कार राशी सहयोग गर्ने स्थानीय पूर्व खेलाडी निरज राई, आर्थिक सहयोग पुर्‍याउने श्रीप्रसाद लिम्बु, नन्द जवेगु र राजन राई, धरान ६ नम्बर वडा सदस्य नारायण निरौलालाई सम्मान समेत गरिएको थियो ।
स्थानीय स्तरबाट खेलकुदको विकास गर्दै प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने क्लबको लक्ष्य रहेको छ । गोल्कडपको शुरुवात गरेपछि खेलाडी उत्पादनमा सहयोग पुगेको बताउदै विभिन्न प्रतियोगितामा पानबारी फुटबल क्लबले सफलता हात पारेको अध्यक्ष राईले बताउनुभयो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक