समाज

विजयपुर अध्यात्मिक मञ्चद्वारा सामुहिक ब्रतबन्ध


धरान: सनातन धर्मको रक्षासँगै सनातनभित्र पर्ने वैद्धिक परम्परालाई खर्चिलो ढंगबाट कायक्रम सम्पन्न गर्दै आएको विजयपुर अत्यात्मिक मञ्चले यस बर्ष पनि सामुहिक रुपमा वैद्धिक परम्परालाई निरन्तता दिएको छ ।
संस्था गठन भएदेखि २०४८ सालदेखि निरन्तर आयोजना गर्दै आएको यो मञ्चले आयोजना गरेको ब्रतबन्ध, गुन्युचोली लगायतका कार्यक्रममा कोशी प्रदेशबाट आफ्ना बटुकहरुलाई लिएर आउने भए पनि अहिले भने नेपालका सबैतिरबाट आउन थालेका छन् ।
सोमबार भएको ब्रतबन्ध कार्यक्रममा जम्मा १६ जना बटुक सहभागी थिए । घरमा यस्तै कार्यक्रम आयोजना एकजना बराबर १ लाख रुपैया भन्दा बढी लाग्ने ब्रतबन्ध मञ्चले प्रति बटुक २ हजार ५ सय लिएर त्यसभित्र नै खानपिनको व्यवस्था गरिदिएको छ । धरान १४ पिण्डेश्वर मन्दिरमा आयोजना भएको सामुहिक व्रतबन्ध कार्यक्रमको आयोजना गरिएको छ । सामुहिक वैद्धिक कर्मकाण्डी गर्दा कम खर्चिलो होस् भन्ने उद्देश्यले प्रत्येक बर्ष आयोजना गर्दै आएको मञ्चका अध्यक्ष पितरुमल अग्रवाल बताउनुहुन्छ ।
विगतमा पूर्वाञ्चलबाट बटुक आउने गरे पनि अहिले भने टाढाटाढाबाट समेत आउन थालेको मञ्चका महासचिव उद्धवप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस बर्ष झापा, मोरङ, तेह्रथुम, धनकुटा मात्र हैन काठमाण्डौ र बाराबाट समेत गरी ६ वटा जिल्लाबाट बटुकहरु सहभागी भएको जानकारी दिनुभयो । उहाँले मञ्चले लिएको शुल्कबाट सबै कुरा हुने भएकोले सहभागीहरुले ढुक्कसंग कार्यक्रम सम्पन्न गर्न पाउने जानकारी दिनुभयो ।
खर्चको बचतसँगै सामुहिक रुपमा सबै मिलेर वैद्धिक कर्मकाण्डी गर्न मञ्चले जुराईदिएकोप्रति काठमाण्डौबाट छोराको ब्रतबन्ध गर्न आउनु भएका भरत शर्माले सह्रानीय काम भएको बताउनुभयो ।
विगतमा पनि यस्ता कार्यक्रम आयोजना हुने सुनेपछि बारा जिल्लाबाट छोरालाई ब्रतबन्धका लागि लिएर आउनु भएकी विष्णुदेवी बरालले कम खर्चमा अत्यन्तै प्रभावकारी ढंगबाट ब्रतबन्ध भएको बताउनुभयो ।
यस्तै विराटनगरबाट छोराको ब्रतबन्ध गराउन आउनु भएकी शारदा मैनालीले सामुहिक रुपमा कम खर्चिलोमा ब्रतबन्ध सहिने सकारात्मक पक्षसहित सकरात्मक सन्देश प्रवाह गर्न पनि सहयोग पुगेको बताउनुभयो ।
वैद्धिक सनातान धर्ममा रहेका कर्मकाण्डीलाई कम खर्चिलो बनाउदै धर्मको संरक्षणका लागि गठन भएको विजयपुर अध्यात्मिक मञ्चले स्थापना कालदेखि नै यस्ता कार्यक्रमको आयोजना गर्दै आएको छ । विगतमा धरान तथा धरान आसपासकामात्र यस्ता कार्यक्रममा सहभागी हुने गरे पनि अहिले भने नेपालका सबै क्षेत्रबाट आफ्ना नानीहरुहरुलाई सामुहिक कर्मकाण्डीमा समावेश गराउन थालेका छन् । खर्च कम लाग्ने भएकोले अभिभावकहरुलाई समेत राहत मिलेको छ । प्रत्येक बर्ष सामुहिक ब्रतबन्ध, गुन्युचोली लगायतका वैदिक सनातनभित्र पर्ने कर्मकाण्डी गर्नेको संख्यामा समेत वृद्धि हुदै गइरहेको छ ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले