
धरान: धरान -१३ मा रहेको नेपाल पुलिस माविका पूर्व विद्यार्थीहरुले खेलकुदका माध्यमबाट सबैलाई एक ठाउँ भेला गर्ने उद्देश्यले फुटसल प्रतियोगिताको आयोजना गर्ने भएका छन् ।
पूर्व विद्यार्थी स्वर्गीय कविता चौधरीको स्मृतिमा स्कुलको २१ औ ब्याचको आयोजनामा हुने भएको हो । शनिवार धरान १५ स्थित विग फुटसलमा प्रतियोगिता आयोजना गर्न लागिएको रोहन कलवारले जानकारी दिनुभयो । अध्ययनपश्चात कोहि वैदेशिक यात्रामा गएको, कोही नेपालमै रहेर विभिन्न काममा व्यस्थ भएपछि साथीहरुबीचको बढेको दूरीलाई नजिक ल्याउन पनि पूर्व विद्यार्थीहरुद्वारा नै रकम संकलन गरेर प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
पहिलो पटक आयोजना गर्न लागिएको यो प्रतियोगितालाई निरन्तता दिने उहाँले बताउनुभयो । उहाँका अनुसार नकआउटको आधारमा खेलाइने उक्त प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ । सम्बन्ध विस्तार र स्वास्थ्य नै धन हो भन्ने मूलमन्त्रलाई ध्यानमा राखेर आयोजना गर्न लागिएको सो प्रतियोगितामा २०७३ सालदेखि २०८० सालसम्ममा विद्यालयबाट पास आउट भएका विद्यार्थीहरु सहभागी रहनेछन् । प्रतियोगितामा विजेता टिमले नगद १८ हजारसहित ट्रफी र प्रमाणपत्र हात पार्नेछन् भने उपविजेता टिमले नगद १२ हजार ट्रफी र प्रमाणपत्र हत पार्नेछन् ।