खेलकुद

एन्फा एकेडेमी धरानको खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान


धरान: धरान उपमहानगरपालिका वडा नं. १७ मा सञ्चालित एन्फा एकेडेमी धरानले खेलाडी उत्पादनलाई जोड दिएकै कारण सहयोगहरु निरन्तर आइरहेको छ ।
पछिल्लो पटक धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले आफ्नो कोषबाट छुट्याएको रकम एन्फामा प्लेयर बक्स निर्माणका लागि सहयोग गर्नुभएको छ । सो प्लेयर बक्सको उद्घाटन धरान उपमहानगरपालिकका उपमेयर अइन्द्र विक्रम बेघाले गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै उपमेयर बेघाले राज्यले एन्फालाई संरक्षण गरेको अवस्थामा स्थानीय सरकार धरान उपमहानगरपालिकाले पनि सहयोग गर्नुपर्छ भन्ने लागेर आफ्नो कोषबाट यथाशक्य सहयोग गरेको बताउनुभयो । उहाँले अखिल नेपाल फुटबल संघ एन्फाको टेक्निकल सेन्टर धरानमा हुनु गौरवको कुरा भएको बताउदै पूर्व फुटबल खेलाडी, खेलकुदको क्षेत्रमा अहोरात्र खटिनु भएका एन्फा मानार्थ उपाध्यक्ष एवम प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईजस्ता व्यक्तित्वको देनले नै यहाँको एन्फा सञ्चालन भएको र पूर्वाञ्चलका बालबालिकाहरुले फुटबल खेलको प्रशिक्षण गर्ने मौका पाएको बताउनुभयो ।
एन्फा मानार्थ उपाध्यक्ष किशोर राईले एन्फा एकाडेमीमा फुटबल प्रशिक्षण शुरु गरेयता ग्रास लेवलबाट धेरै खेलाडी उत्पादन गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले राज्यबाट न्यून सहयोग प्राप्त भएका कारण यसलाई सञ्चाला गर्न कठिनाई भएको बताउनुभयो ।
कार्यक्रममा एन्फा कोशीका उपाध्यक्ष शिव नेपाली, सहायक महासचिव केशव कार्की, कोषाध्यक्ष आनन्द चौधरी, एन्फा टेक्निल कमिटीका डाइरेक्टर हरि खड्का लगायतको उपस्थिति रहेको थियो ।
अहिले यो एकाडेमीमा कोशी प्रदेशका १४ जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुले फुटबल प्रशिक्षण लिइरहेका छन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक