समाज

ऊँट डुलाउदै रकम संकलन गर्दै


धरान: सनातन हिन्दु धर्मालम्बीभित्र रहेको विकृति तथा विसंगति अझै पनि रहिरहेको छ । धर्मको नाममा रकम असुल्ने तरिकामा पनि धेरै तरिकाहरु प्रयोग गरेको पाईन्छ । केही समय अगाडी पाँच वटा खुट्टा भएको गाइलाई साक्षत लक्ष्मी भन्दै धरान बजारमा घुमाउदै रकम संकलन गरेको दृश्यदेखि लिएर ऊँटलाई डुलाएर पसल घरमा डुलाउदै रकम उठाउने प्रचलन बढेर गएको छ ।
विहीबार विहान धरान – ९ मा तीन जना जोगीले सडकमा भारी बोकाएको ऊँटलाई डोर्‍याएर पसल घरमा रकम उठाउदै गरेको दृश्य देखियो । मरुभूमिमा मात्र पाइने ऊँट जनकपुर धामबाट ल्यायएको तीनजनाध्ये एक जनाले बजारमा ऊँटलाई तानेर डुलाउने अन्य दुई जना घर पसलमा रकम संकलन गर्ने गर्थे । भगवानको नाममा रकम संकलन गरेको बताउने उनीहरले ऊँटलाई मेची महाकालीसम्म डुलाउने योजना रहेको बताएका थिए ।

पूर्वका धेरै सहरहरुमा घुमाइसकेपछि धरान ल्याइएको उनीहरुले बताए । अग्लो लामो घाटी भएको ऊँटलाई उनीहरुले ओढ्ने, ओछ्याउने, खाने सबै बन्दोबस्त गरी बोकाएका थिए । यसरी बजार घुमाउँदा ऊँट थाकेको जस्तो देखिन्थ्यो । आश्चर्य त के थियो भने ऊँट थाकेर हिड्न नसक्दा एक छिन बस्न दिनुको साटो उनीहरुले ऊँटलाई लठ्ठीले कुट्दै जबरजस्ती हिडाउन खोज्दा ऊँट सिटी सफारीसँग झण्डै दुर्घटना भएको थियो । त्यही ऊँटबाट रकम संकलन गर्ने त्यही ऊँटलाई वेस्सरी लठीले बजाउने प्रवृत्तिले उनीहरुको धर्मभन्दा पनि जसरी पनि रकम उठाउने उद्देश्य देखिन्थ्यो । एउटा जनावरलाई थाकेको समयमा पनि जबरजस्ती लट्ठीले हिर्काएर हिडाउनु यो सनातन हिन्दु धर्मभित्र पर्छ कि पर्दैन भन्ने कुरा सम्बन्धीत पक्षको ध्यान जानू जरुरी छ ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले