
धरान: नेपाल तरुण दल धरान नगर कार्यसमितिद्वारा धरान-११ संघर्ष चौक डेरा गरि बस्ने शारिरीक अशक्त तथा अत्ति बिपन्न ५७ बर्षिय टीका राम तामाङलाई मंगलबार खाद्मन्न सामाग्री हस्तान्तरण गरिएको छ।
तरुण दल धरानले बिगत् देखि यस्ता सामाजिक कार्यमा आफ्नो संगठनको सकृयता सदैब राख्दै आईरहेको भुकम्प पीडित, बाढी पीडित, विपन्न परिवारलाई खाद्यान्न, लत्ताकपडा सहयोग, सडकको खाल्डाखुल्डी मर्मत, विभिन्न बिद्यालयमा पोशाक तथा स्टेशनरि वितरण गर्दै सामाजिक कार्यमा प्रत्यक्ष सहभागी हुदै अघि बढी रहेको नगर अध्यक्ष राम तामाङले बताउनु भएको छ।
२०८१ सालको तिहारमा देउसी भैलो खेली जम्मा भएको दक्षिणालाई बनभोज नगई सामाजिक कार्यमा खर्च गर्ने क्रममा शारिरीक रुपमा अशक्त टीका तामङलाई सहयोगको सुरुवातको रुपमा केही खाद्मन्न सहयोग गरेको र सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुले सहयोग गर्न अनुरोध पनि तरुण दल नगर उपध्यक्ष बिक्रम तामाङले गर्नु भएको छ।
हरेक समाजमा राम्रो अभियानको सुरुवात हुन्छ समापन हैन भन्ने मूल नाराका साथ तरुण जनता संग भन्ने अभियान अन्तर्गत नै सहयोग गर्दै अएको र टीका तामाङको संघर्षले निराश युवाहरुको लागि प्रेरणा बनेको छ र सबै सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुको सहयोगी हातहरु टिका सम्म पुग्नु पर्ने नगर सचिव मनोहर श्रेष्ठले बताउनु भयो।
टीका राम तामाङ ३० बर्ष देखि एक्लै धरानमा बस्दै आईरहेको छ। उहाँको दुबै खुट्टा चल्दैन ह्वील चियरको सहयोगमा मात्र हिड्न सक्छ्न। धरान ११ को मंगलबारे चोकमा सब्जी, कुचो, जाडु र मुढा बिक्री गरि जिवनयापन गरिरहनु भएको छ।
भिडियो पनि हेर्नुस: