धरान विशेष

वैज्ञानिक महावीर पुन किताब बेच्दै धरानमा

धरान: बीरगञ्जस्थित बन्द रहेको कृषि औजार कारखानाको पुन: सञ्चालनका लागि नेपालका चर्चित वैज्ञानिक महावीर पुनले आफ्ना्े कथामा आधारित महावीर पुन (सम्झना, सपना र अविरल यात्रा) नामक पुस्तक विक्री अभियानलाई अगाडि बढाउनु भएको छ । मुलुकका ७७ वटै जिल्लामा पुस्तक विक्री गरेर कृषि औजार कारखानालाई सञ्चालनमा ल्याउनै अभियानमा जुट्नु भएको हो ।

उदयपुरमा पुस्तक विक्री गरिसकेपछि सुनसरीको धरान पुस्तक विक्रीकै लागि आइपुग्नु भएका महावीर पुन अहिले धरानका विभिन्न विद्यालयहरुमा पुस्तक विक्रीकै लागि पुग्नु भएको छ । सरकारले बजेट विनियोजन नगरेपछि उहाँले किताब विक्री गरेर कारखाना सञ्चालनका गर्ने अभियानमा जुट्नु भएको हो । धरानको एक विद्यालयमा पुगेर डा. पुनले किताव विक्री गर्ने अभियान अन्तर्गत विक्री गर्न शुरु गरेको ३ सय २० दिन भएको बताउनुभयो । उहाँले ४० जिल्लामा पुस्तक विक्री गरिसकेपछि सुनसरीको धरानमा आएको जानकारी दिनुभयो । यो अभियानमा १ लाख ६० हजार प्रति पुस्तक विक्री गरेर ९ देखि १० करोड रुपैया जम्मा गरिसकेको जानकारी गराउँदै अब ३७ जिल्लामा विक्री गर्ने तयारीमा रहैको जानकारी दिनुभयो । उहाँले किताब बेचेरै २० करोड रुपैया संंकलन गने बताउदै पुस्तक विक्री गरेर आएको रकमले कृषि ओैजार कारखाना सञ्चालन गर्ने बताउनुभयो ।

यो पुस्ततक राष्ट्रिय आविष्कार केन्द्रले प्रकाशन गरेको छ । यो केन्द्रका संस्थापक पुन आफै हुनुहुन्छ । सो अवसरमा उहाँले यो पुस्तक विद्यार्थीहरुका लागि अत्यन्तै लाभदायक पुस्तक भएको बताउदै कृषि ओजारसम्बन्धी सीप भएकाहरुलाई रोजजार प्रदान गर्ने पनि बताउनुभयो ।

धरानमा पुस्तक विक्रीका लगि धरान १८ स्थित कार्मेल हाई स्कुल, धरान १२ स्थित सुनाखरी एकेडेमी, धरान १ स्थित विजयपुर माविमा पुगेका पुग्नु भएको थियो । विद्यालयपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेनगेट बाहिर, धरान १९ स्थित काङ्सोरे चोक र साँझमा भानुचोकस्थित घण्टाघरमा पुस्तक बिक्री गर्नुभएको थियो । पुस्तक विक्री गरेरै कृषि औजार कारखाना सञ्चालन गर्ने डा. पुनको महत्वकांक्षी अभियान सफल हुन्छ वा हुदैन तर उहाँको अभियानले सरकारलाई भने झक्झक्याउने काम गरेको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।