धरान : किरात नयाँ वर्ष यले दोङ ५०८५ ( यलम्वर संवत ) को अवसरमा यहि माघ २८ गते चौथो यलेदोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटवल प्रतियोगिताको आयोजना हुने भएको छ ।
किरातिहरुले माघ १ लाई देखि यलम्वर संवतको रुपमा नयाँ वर्ष मान्दै आइरहेको छ । यहि माघ १ गते देखि यलम्वर संवतलाई मान्दै किरात राई यायोक्खाले देशभर यले दोङ यले संवत ५०८५ भव्य रुपमा मनाएका छन । किराति नयाँं वर्षलाई भव्य रुपमा मनाउने क्रममा किरात राई यायोक्खा सुनसरीको सहकार्यमा धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा धरान भानुचौकको खुल्ला स्थानमा एक दिने बास्केटवल प्रतियोगिता आयोजना हुन लागेका हुन ।
प्रतियोगिताका विजेताले पुरुष तर्फ नगद तिस हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद रु. १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यसै गरि महिला तर्फका विजेताले नगद २० हजार, र उपविजेताले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका महिला पुरुष उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले नगद पुरस्कार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा धरान संगै धरान आसपासका क्षेत्र तथा जिल्लाका तरहरा, इटहरी, झापा, मोरङ, धनकुटा लगायत बाट करिव ४० टिमले सहभागिता जनाउनेछ । गत वर्ष पुरुष तर्फ ब्रदर्स क्लव र महिला तर्फ धरान मेघा हिमालयन कलेजले उपाधि जितेका थिए ।