
धरान: पब्लिक हाई स्कुल धरानमा अध्यानरत पुर्व विद्यार्थीरुले स्वर्ण उत्सव सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ। पुरानो स्मरणलाई पुनारावृत्ति गर्ने उद्देश्यले गठन गरिएको एल्मुनाइ एसोसिएसनले विद्यालयको शाखलाई जीवित बनाउन विविध कार्यक्रम गर्ने भएको हो ।
शनिबार पत्रकार सम्मेलन गर्दै धरानकै पुरानो विद्यालय, राणाकालीन समयमा स्थापना भएको, यो विद्यायलयले धेरै चिकित्सक, इन्जिनियरमात्र हैन यो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले देशमा महत्वपूर्ण क्षेत्रका काम गरिसकेका छन् । यसको शाखलाई अझ बजबुद्ध बनाउदै पुरानो स्मरणलाई पुनारावृत्ति गर्ने उद्देश्यले गठन गरिएको एल्मुनाइ एसोसिएसन भएको आयोजकले जानकारी दिएका छन।
बि. स. २०३१ सालको प्रवेशिका परीक्षामा सामेल भएका पब्लिक हाइस्कुल, धरान–१२ का छात्रहरुले २०७३ सालमा गठन गरेको एल्मुनाइ एशोसिएसनले प्रवेशिका परीक्षामा सामेल भएको ५० वर्ष पूरा गरेको पावन अवसरलाई स्वर्ण उत्सवका रुपमा हर्षोल्लास सहित मनाउन यो ‘स्वर्ण उत्सव सम्मान कार्यक्रम २०८१’ आयोजना गर्ने भएको हो । आगामी माघ १७ गते आयोजन गर्न लागिएको सो कार्यक्रम पब्लिक विद्यालयमा विगतमा अध्ययनरत विद्यार्थी तथा गुरुहरु प्रती समर्पित रहेको अध्यक्ष राजेन्द्र शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसारं २०२६ सालदेखि २०३१ सालका बीचमा अध्यापन गराउनु हुने दिवंगत गुरुहरु जसमध्ये १९ जना दिवंगत भइसक्नु भएको जानकारी गराउदै विद्यालयमा लागेर शिक्षाको क्षेत्रमा केही गर्न सकेमा गुरुहरुको आत्मा सन्तुष्ट हुन्छ भन्ने कुरालाई मनन गरी कार्यक्रमको आयोजना गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार सो कार्यक्रममा जीवित रहनु हुने शिक्षक विष्णु शर्मा दाहाल, टीकाप्रसाद रिजाल, गणेश श्रेष्ठ र माधवप्रसाद पोखरेललाई सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो।
अध्यक्ष शर्माले आफ्नो व्याजका २३ जना यस संसारमा नभएको जानकारी दिँदै उहाँहरुको स्मरणमा परिवारलाई सम्मान गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार सोही कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्मको वार्षिक परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याई विद्यालय प्रथम बन्ने एक जना विद्यार्थीलाई प्रदान गर्ने गरी १ लाखा ११ हजारको कोष स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले त्यही कोषबाट आएको व्याजको १० प्रतिशत छात्रवृत्ति बाँड्ने र बाँकी १० प्रतिशत कोषमै जम्मा गर्ने जानकारी दिनुभयो । छात्रवृत्ति बाँड्ने र बाँकी १० प्रतिशत कोषमै जम्मा गर्ने व्यवस्था समेतको सहमति गरेका छौं । साथीहरुको हौसलाले र समयले हामीलाई साथ दियो भने हामी उक्त कोषको रकम हरेक वर्ष वृद्धि गर्दै जाने समेत योजनामा छौं ।
धरानलाई आफ्नो कर्मथलो बनाएर पब्लिक हाइस्कुलमा वि.सं. २०२६ (साल) देखि आजसम्म एउटै पेशामा रहीरहने श्रमिक शिवजी शाहलाई स्वर्ण उत्सवको अवसरमा उहाँको श्रमको उच्च मूल्याङ्कन गर्दै सम्मान गर्ने पनि जानकारी दिएका छन।