शिक्षा

सहिद स्कुलका विद्यार्थीहरुलाई स्वेटर वितरण

धरान: सहिद स्मृति माध्यामिक विद्यालय धरान–८का विद्यार्थीहरुलाई आइतवार निःशुल्क स्वेटर वितरण गरीएको छ ।
धरान राउण्ड टेबलले स्कुलका विद्यार्थीहरुलाई निःशुल्क स्विटर वितरण गरीएको हो । राउण्ड टेवलले कक्षा नर्सरी देखि कक्षा ५ सम्मका गरीव तथा विपन्न परिवारका १ सय २५ जना विद्यार्थीहरुलाई निःशुल्क स्वेटर वितरण गरीएको राउण्ड टेवल धरानका अध्यक्ष निमेश अग्रवालले जानकारी दिए ।
अग्रवालले विद्यार्थीहरुको जाडोको समस्यालाई मध्यनजर गरी संस्थाले स्वेटर वितरण गरेको अग्रवालको भनाई रहेको थियो ।
राउण्ड टेवल धरानले विभिन्न सामुदायिक विद्यालयमा सहयोग गर्दै आएको छ । आगामी दिनमा पनि आवश्यकता र ठाँउ हेरेर सहयोग गर्दै जाने अग्रवालले बताए ।
विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले विद्यालयलाई सहयोग गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
सो कार्यक्रम विद्यालय व्यवस्थापन समिति सदस्य भोला श्रेष्ठको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रमको संचालन विद्यालयका शिक्षक राजन वनले गरेका थिए ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई