मनोरञ्जन समाचार

“धरान म्युजिक जात्रा” मा पुस १३ गते शनिवार गायक एकदेव लिम्बू आउदै

धरान: युवा पुस्तामा लोकपृय गायक एकदेव लिम्बू धरान – १५ एभरेष्ट लाईनमा संचालन भैरहेको “धरान म्युजिक जात्रा” सांस्कृतिक महोत्सवमा शनिवार आउने भएको छ।

लिम्बुको “झिमझिमाउने आँखा” बोलको गीत रिलिज भएको तीन हप्तामै युटुव च्यानलमा टेन्डिङमा परेको छ। उनैले गाएको शिरफूल बोलको गीतलाई ४१ मिलिएन ४ करोड १० लाख दर्शक स्रोताले हेरेको छ। लिम्बूका अन्य दर्जनौ गीतहरु उतिकै चर्चित छ।

नेचर क्लव धरानले पुस १३ गते शनिबार धरानमा बोलाएका हुन् । पुस १७ गतेसम्म धरान १५ स्थित ईभरेष्ट लाइनमा जारी महोत्सवमा धराने जनताको माग भए अनुसार आफुहरुले एकदेव लिम्बूलाई निम्तो गरिएको क्लवका अध्यक्ष कृष्ण राईले बताए ।

सांगीतिक दुनियाँमा पछिल्लो पुस्ताले रुचाइएका गायक लिम्बू गायकीमा मात्रै होइन समाजसेवामा पनि उक्तिकै सक्रिय रहेकाछन् । केही समय अघिमात्रै फरक क्षमताकी एक युवतीको सहयोगार्थ उनकै घरमा च्यारिटी कन्सर्ट गरेर उठेको रकम सहयोग गरेका थिए ।

लोक आधुनिक तथा पप फ्लेवरका गायक लिम्बूप्रति युवा क्रेजलाई ध्यानमा राखेर “धरान म्युजिक जात्रामा” एकदेव लिम्बूलाई शनिवार बोलाइएको जात्राका संयोजक दिपचन्द्र राई (कान्छि) ले बताए ।

प्रत्येक दिन चर्चित गायकहरुको महोत्सवमा प्रस्तुती रहने छ आइतबार ज्योती मगर, सोमबार अनमोल गुरुङ, (कालिम्पोङ) मंगलबार समिर श्रेष्ठ (फिचरिङ गुड बोइज) बुधबार नयाँ वर्षको अवसरमा ट्राइवलरेन र वर्षा कर्माचार्यको प्रस्तुती रहने राईले जानकारी दिएका छन।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता