धरान-१५ स्थित हिबिस्कस इङलिस बोर्डिङ स्कुलले आयोजना गरेको सुनसरी जिल्लाव्यापी हाजिरी जवाफ प्रतियोगिता (हिबिस्कस क्विज मेनिया, सिजन-३) को क्वालिफाईड राउन्ड शुक्रबार सम्पन्न भएको छ।
हिबिस्कस स्कुलको प्राङ्गणमा भएको क्वालिफाईड राउन्डबाट ६ वटा बिद्यालयहरु फाईनलमा प्रबेश गरेका छन। फाईनलमा प्रबेश गर्ने बिद्यालयहरुमा आयोजक हिबिस्कस इङ्लिस बोर्डिङ, बिष्णु मेमोरियल मा.बि., बराहक्षेत्र महेन्द्र मा.बि., धरान-५ स्थित देउराली चिल्ड्रेन एकेडेमी, रामधुनिको आरम्भ बिद्या मन्दिर र धरान मेघा-हिमालयन स्कुल रहेका छन। क्वालिफाईड राउन्डमा ५० वटा बैकल्पिक प्रश्नहरु सोधिएका थिए।
बिद्यार्थीहरुलाई अहिले देखि नै लोकसेवा आयोगको तयारी गर्न सहयोग पुगोस र अध्यान गर्ने बानीको बिकास होस भन्ने उद्वेश्यले क्विज मेनिया कार्यक्रम गरिएको स्कुलका सल्लाहकार पवन झाले बताउनु भयो।
प्रतियोगितामा सुनसरी जिल्ला भरिबाट ३६ वटा बिद्यालयहरुले सहभागीता जनाएको कार्यक्रम संयोजक शिक्षक सुबाश मोक्तानले जानकारी दिनु भयो। प्रतियोगिताको फाईनल शनिबार हुने स्कुलका म्यानेजिङ डाईरेक्टर गङ्गाराम राईले जानकारी दिनु भयो। फाईनलमा जेनेरल राउन्ड, बजर, अडियो भिजुअल र र्यापिड फायर गरी चार राउन्ड हुने कार्यक्रम संयोजक मोक्तानले जानकारी दिनु भयो।
प्रतियोगितामा पहिलो हुने बिद्यालयले नगद १५ हजार , रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन। दोश्रो र तेश्रो हुनेले क्रमश: नगद १० हजार र ८ हजार , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। यसै गरि चौथो, पाचौ र छैटौं हुनेले क्रमश: ६ हजार, ४ हजार र २ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन। कार्यक्रममा स्कुलका प्रीन्सिपल पार्वती लिम्बु, भाईस प्रीन्सिपल बिजय सिंह थेबे, बिभिन्न बिद्यालयका शिक्षक लगायतको उपस्थीती रहेको थियो। कार्यक्रम सन्चालन शिक्षक नयन राईले गर्नु भएको थियो।