शिक्षा

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा छैटौँ संस्करण डेल्टा ५.० महोत्सव हुने

धरान: माघ १८ गते देखी २० गते सम्म पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा क्याम्पस र विद्यार्थीहरूको संस्था डेल्टाद्वारा आयोजना हुने छैटौँ संस्करण डेल्टा ५.० महोत्सव हुने भएको छ ।

बिहिवार पत्रकार सम्मेलन गर्दै क्याम्पसको ७ फ्याकल्टीका विद्यार्थीको संस्था डेल्टा ५.० ले टेक्नोलोजी फर एग्रीकल्चर एण्ड इनोभेसन थिम कृषिमा प्रविधिको नवीनताको प्रयोग सम्बन्धी अवधारणा सार्वजनिक गरेको छ ।

डेल्टाका संयोजक विवेक न्यौपानेले महोत्सवमा सोही अवधारणामा आधारित प्रविधिलाई मुख्य विषयवस्तुको रूपमा प्रस्तुत गरिने बताए । मुख्य विषयवस्तु कृषिमा प्रविधिको नवीनतम प्रयोगका ५ वटा विषयवस्तुमा आधारित प्रविधिहरू एआई र स्वचालन, प्रविधिमा नवीनता, डिजिटल अर्थव्यवस्था, स्मार्ट शहरको परिकल्पना, ग्लोबल समस्या समाधानमा ईन्जिनीयरिङ रहने छन् ।

महोत्सव आयोजनामा डेल्टा र क्याम्पस व्यवस्थापन तयारीमा लागेको सहायक क्याम्पस प्रमुख अनु श्रेष्ठले बताए । उनले डेल्टा ५.० को थिम रिलिज गर्दै क्याम्पसका विद्यार्थीहरू मेहनती र ऊर्जावान् रहेको उनीहरूले टेक्नोलोजीका प्रविधिहरू उत्पादन गरेको जानकारी दिए ।

सहायक क्याम्पस प्रमुख श्रेष्ठले भने ‘तर नेपाल सरकारको स्पष्ट कार्यविधि, नीति नभएका कारण विद्यार्थीहरूको प्रतिभा, क्षमताको सदुपयोग हुन सकेको छैन ।’ राज्यले बिद्यार्थीहरुलाई कार्यविधि बनाएर प्रविधि निर्माणमा लगानी गरे उनीहरूले बजारमा नयाँ आयाम ल्याउने उनको भनाई छ ।

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले
अलैँचीको पुच्छर टिप्ने मेसिन र टमाटर ग्रेडिङ गर्ने मेसिन बनाएर बजारमा ल्याएका छन् । उनीहरूबाट उत्पादित प्रविधिलाई बजारीकरण गर्न र फिनिसिङ गर्न कामाख्य एग्रोले सहयोग पुर्याईरहेको छ । तर राज्य उदासीन भएको विद्यार्थीहरूको आरोप छ ।

स्वतन्त्र विद्यार्थी युनियन सभापति नवीन श्रेष्ठले इन्जिनियरिङका विद्यार्थीहरूलाई प्रयोगमा नल्याउनु सरकारको नीति विहीनताको उदाहरण भएको बताए । उनले भने ‘राज्यले इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीहरूलाई स्पष्ट नीति, कार्यविधि बनाएर प्रविधिको क्षेत्रमा उपयोग गर्न जरुरी छ ।’

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई