सुविक्षा राई
धरान: १९ औँ अम्वर ललित डिपो कप २०८१ को तयारी पुरा भएको छ । यही पुस १२ गतेदेखि सुरु हुने अम्वर ललित डिपो कपको तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको हो ।
धरान १८ स्थित डिपो स्कुलले सञ्चालन गर्दै आएको ललित अम्वर डिपो कपमा कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउने विद्यालयका प्रधानाध्यपक राजकुमार राईले जानकारी दिनु भयो।
पुस १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुुने प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने छन् । उक्त प्रतियोगिताका विजेताले नगद ११ हजार १ सय ११ रुपैया, दोश्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सानै उमेर खेलकुदमा रुची राख्ने बालबालिकालाई प्रोत्साहन गर्न प्रतियोगिता नियमित गदैं आएको आयोजकले जनाएको छ ।
विद्यार्थीहरुलाई शिक्षा संगै अतिरिक्त क्रियाकलापमा सहभागिता गराई उनिहरुमा भएको प्रतिभालाई प्रोत्साहन गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्वरवहादुर लिम्वुले बताउनु भएको छ । उनले भने, सानै उमेरमा खेलकुदमा रुची राख्ने बालबालिकालाई प्रोत्साहनन संगै प्रतियोगिताको आयोजनाले विद्यालयहरुमा आपसी भाइचारा समेत वढ्ने छ ।
प्रतियोगिताको उद्धघाटन सुनसरी फुटवल संघका अध्यक्ष नविन राईले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।