राजनिती

गाँउ गाउँ पुग्दै कांग्रेसका प्रतिनिधिहरु

धरानः नेपाली कांग्रेसले घोषणा गरेको १ सय दिने अभियानका क्रममा प्रतिनिधिहरु गाँउगाँउमा पुग्न थालेका छन् । यसै शिलशिलामा कोशी प्रदेश कार्यसमितिले खटाएका प्रतिनिधिद्धय केशव भट्टराई र सूर्य राई धरानमा आएका हुन् । नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा उनीहरुको भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
भेटघाटका क्रममा उनीहरुले कांग्रेस केन्द्रीय समितिले घोषणा गरेको १ सय दिने अभियान र कोशी प्रदेश समितिले घोषणा गरेको कचनकवलदेखि सगरमाथा अभियानका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद मिना सुब्बा, प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सदस्यतहरु केशव भट्टराई, सूर्य राई र अन्जना राई, जिल्ला सचिव माधव घिसिङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, नगर सभापति श्याम पोखरेल लगायतले अभियानका सन्दर्भमा र आन्तरिक पार्टी संगठनका बारेमा विचार राखेका थिए । कार्यक्रमको संचालन क्षेत्रीय सहसचिव सुमित राईले गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, महाधिवेशन प्रतिनिधिहरु चित्रकुमारी राई, ललिता अधिकारी र निलकुमारी गिरी, जिल्ला सदस्य सरिता सुब्बा, क्षेत्रीय सचिवद्धय महेन्द्र प्रधान र केशव पुरी लगायतको उपस्थिति रहको थियो ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद