खेलकुद

सुनसरीको चतरामा दोस्रो (स्टोन स्किपिङ) “पानी सुल्के” प्रतियोगिता हुने

धरान: सुनसरीको चतरामा स्टोन (स्किपिङ) पानी सुल्के च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना चतरा नहरमा आगामी कार्तिक १६ गते प्रतियोगिता आयोजना हुने धरानमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

‘पर्यावरण प्रवर्धन र एकता, खेल पर्यटनमा विविधता’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिता अमेरिका, आयरल्यान्ड, स्कटल्याण्ड लगायत देशमा नदी, ताल र जमेको पानीमा प्रत्येक वर्ष प्रतियोगिताको रूपमा खेलिने गरिन्छ । चतरामा गत वर्षदेखि प्रतियोगिताका रुपमा आयोजना हुँदै आएको कार्यक्रम संयोजक नवराज विष्टले जानकारी दिनु भयो ।

प्रतियोगितामका विजेता क्रमशः पहिलो, दोस्रो र तेस्रोले नगद २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट तीन खेलाडीलाई ट्रफी र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकको भनाइ छ ।
“नेपालकै सबैभन्दा ठुलो चतरा नहरमा यो खेल आयोजना हुँदैछ। यो खेल सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने गरिन्छ। चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर यो खेल खेलिन्छ,” संयोजक विष्टले भन्नू भयो, “पानीको सतहमा उक्त ढुङ्गा कतिपटक उफ्रिन्छ त्यसको गणना गर्ने गरिन्छ र सबैभन्दा बढी अङ्क प्राप्त गर्नेलाई विजेता घोषणा गरिन्छ ।”

क्यामेरा प्रविधिबाट प्रतियोगिताको निर्णय गर्ने आयोजकको भनाइ छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेका छन् । गत वर्ष यो प्रतियोगितामा स्थानीय राहुल लिम्बू पहिलो, राजेन्द्र कार्की दोश्रो र संचारकर्मी लक्ष्मण कटुवाल तेस्रो भएका थिए । उहाँहरुले क्रमश: ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक