धरान: नेपाली कांग्रेसका भात् संगठन नेपाल तरुण दलको ७२ औं स्थपना दिवसको अवसरमा शनिवार धरान नगर समितीले “तरुण फुटसल प्रतियोगिता २०८१” आयोजना गरेको थियो।
नेपाल तरुण दल धरान नगर समितीद्वारा आयोजित अन्तर वडा स्तरीय फुटसल प्रतियोगितामा धरानका २० ओटा वडा समितीहरुको सहभागिता रहेको थियो। उक्त प्रतियोगिताको बिजेता धरान – ११ वडा समिती भएको थियो। पुरस्कार नगद २५ हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए। उपबिजेता धरान १३ वडा समिती भएको थियो। पुरस्कार नगद १२ हजार ५ सय ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए। बेष्ट प्लेयर धरान -१३ का अशोक राई भएका थिए । नगद रु २ हजार र ट्रफी, हाई स्कोर धरान १३ का सुशान्त घिमिरे भएका थिए। उनले नगद २ हजार र ट्रफी, वेस्ट डिफेन्स धरान -११ का मिलन राई भएका थिए। उनले नगद २ हजार र ट्रफी र वेस्ट किपर धरान- ११ का आर्यन मानन्धर भएका थिए र उनले नगद २ हजार ट्रफी प्राप्त गरेका छन।
नेपाल तरुण दल धरान नगर समितीको सभापती रामकुमार तामाङको अध्यक्षतामा भएको उदघाटन समारोहका प्रमुख अतिथी नेपाली कांग्रेस सुनसरी जिल्ला सचिव माधव घिसिङले तरुण दलको स्थपना दिवसको शुभकामना दिदै धरानका युवाहरुलाई एक ढिक्का बनाउदै धरानका युवाहरुलाई सामाजिक क्षेत्रमा परिचालन गर्दै खेलकुदमा पनि सहभागिता गराउदै रचनात्मक कार्य गरेको तरुण दल धरान नगर समितीलाई धन्यवाद दिनुभएको थियो।
उक्त कार्यक्रममा अतिथिहरु महासमिती सदस्य धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राई, क्षेत्रीय सभापती सुजेन्द्र तामाङ, प्रदेस सभा १(क) का सभापती अनिल श्रेष्ठ, प्रदेस सभा १ (ख) का सभापती धरान १६ का वडा अध्यक्ष मुरारी भट्टराई, धरान नगर सभापती श्याम पोखरेल, प्रदेशसभा १ (क) का कोषध्यक्ष रबिना सुब्बा गुरुङ, प्रदेस सभा १ (ख) का सचिव सुमित राई, नगर सचिवहरु हिमाल श्रेष्ठ, जितेन्द्र राई, नगर सहसचिव शिला बज्राचार्य र युनेस राना मगरको उपस्थीती रहेको थियो।
फुटसल प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेस प्रदेश सदस्य नेपाल तरुण दलका सभापती सिजन गुरुङले धरान तरुण दलले विगतमा कोरोना माहामरीमा गरेको सामाजिक कार्यको प्रशंसा गर्दै अझै रचनात्मक कार्य गर्दै जान निर्देशन दिनु भएको थियो।
सो कार्यक्रमको संयोजक नगर समिती सदस्य शिखर राई, सहसंयोजक सुवास राई रहेको थियो। कार्यक्रम संचालन नगर सचिव मनोहर श्रेष्ठले गर्नु भएको थियो।