राजनिती

नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्रथमिकतामा- ऊर्जा मन्त्री

धरान: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले बुधबार धरानमा आयोजना गरेको ‘भेटघाट तथा अन्तकृया’ कार्यक्रममा उहाँले दुई ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान सरकारले मुलुकमा विद्यमान समस्या समाधान गरी नागरिकमैत्री सेवा प्रवाहमा जोड दिएको बताउनुभयो ।

मन्त्री खड्काले संसद्का दुई ठूला दल मिलेर बनेको वर्तमान गठबन्धनले जनतामा आशा जगाउने काम गरेको भन्दै स्थिर सरकारका माध्यमबाट विकास, निर्माणमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने धारणा राख्नुभयो ।

“विगतमा छिटोछिटो सरकार परिवर्तन हुँदा विकास निर्माणले गति लिन सकेको थिएन, अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म जान्छ, हरेक व्यक्तिले आफ्नो दायित्व निर्वाह गररे देश विकासमा सहयोग पुर्‍याउनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

मन्त्री खड्काले संविधानलाई समयसापेक्ष परिवर्तन गर्दै लैजान सकिने बताउनुभयो । “देश विकास, स्वदेशमा रोजगारी सिर्जना, स्वास्थ्य सेवालगायत जनतालाई कसरी सहज सेवा प्रवाह गर्न सकिन्छ त्यसतर्फ सरकार लागिरहेको छ”, उहाँले भन्नुभयो । सीमित स्रोतसाधनका बीच सरकारले विकास निर्माणलाई अगाडि बढाएको उहाँको भनाइ छ ।

ऊर्जामन्त्री खड्काले पूरा हुन नसकेका जलविद्युत् आयोजनालाई अगाडि बढाउन सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताउनुभयो । “कर्णाली चिसापानी, अपर अरुण, पञ्चेश्वर, बुढीगण्डकी, तमोरजस्ता आयोजनालाई अगाडि बढाउन सकिए ऊर्जा र सिँचाइमार्फत देश समृद्ध बनाउन सकिन्छ, त्यसमा सरकारले योजनाबद्ध काम गरिरहेको”, उहाँले भन्नुभयो ।

उहाँले देशमा भएका स्रोतसाधनको अधिकतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा सरकार अगाडि बढेको उल्लेख गर्नुभयो । आगामी एक वर्षभित्र देशैभरी विद्युतीकरण भइसक्ने उहाँको भनाइ छ ।

सो कार्यक्रमा धरानमा बर्सेनि आउने बाढीबाट जनधनको ठुलो क्षति पुर्‍याउँदै आएको खोलाहरू नियन्त्रण गर्न धरानवासीको तर्फबाट योजना सहित लिखित माग गरिएको छ ।

साथै विद्युत् प्राधिकरणको हाइटेन्स लाइनका कारण धरानको शहरी विकासमा प्रत्यक्ष असर परेकोले वैकल्पिक स्थानमा व्यवस्थापन गर्न तथा धरानका सडक बत्तीहरूको महसुल तिर्न सक्ने क्षमता उपमहानगरपालिकासँग नभएकाले सहुलियत प्रदान गर्न पनि माग गरिएको छ ।

विद्युत् अनियमितता अघोषित लोडसेडिङ नै भएकाले त्यसबाट सुनसरी–मोरङ कोरिडोरका उद्योग, व्यवसाय र सर्वसाधारणले भोग्दै आएको समस्या हल गर्न विद्युत् निर्यात गर्नु अघि आन्तरिक खपतमा देखिएको समस्या र उद्योगीहरुसंगको विवाद चाँडो समाधान गर्न माग गरिएको छ ।

मन्त्री खड्कालाई नेपाली काँग्रेस सुनसरी क्षेत्र नं १ र सुनसरी उद्योग वाणिज्य सङ्घले छुट्टाछुट्ट ज्ञापनपत्र दिदैं उक्त मागहरू गरिएको हो । काँग्रेसको मागपत्र नगर सभापति श्याम पोखरेलले र सङ्घको मागपत्र अध्यक्ष विजय श्रेष्ठले बुझाएका थिए।

भिडियो पनि हेर्नुस:

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद