वराहक्षेत्र नगरपलिका स्थित ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले २ सय ४८ किलोग्राम लागुऔषध गाँजा नियन्त्रणमा लिएको छ । बराहक्षेत्र नगरपालिका- ६ स्थित सप्तकोशी नदी किनारबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले मङलवार बिहान बेवारिसे अवस्थामा रहेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता सुचना अधिकारी प्रहरी नायव उपरिक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिएका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट प्रहरी निरिक्षक विकाश राईको टोलीले सप्तकोशी किनारबाट ३ वटा ट्यूव माथि ८ वटा सेतो प्लाष्टिकको बोरा भित्र लुकाइछिपाई राखेको अवस्थामा २ सय ४८ किलोग्राम गाँजा बरामदसंगै थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।