धरान: नेवाः देय् दबू धरानको आयोजनामा पाँचौँ खुल्ला लाखे प्रर्दशनी प्रतियोगिता सम्पन्न भएको छ। शनिबार, धरानको भानुचौकमा पाँचौं साँस्कृतिक लाखे नाच प्रदर्शन भएको थियो।
कार्यक्रमको उद्घाटन धिमेबाजाको धुन संगीतको साथमा धरान नगरका प्रमुख हर्कराज राई, उप प्रमुख अईन्द्रविक्रम बेघा र नेवाः देय् दबू धरानका अध्यक्ष तथा कार्यक्रमका सभापति मनोहर शाक्यको उपस्थितिमा गरिएको छ ।
पाँचौँ खुल्ला लाखे प्रदर्शन प्रतियोगितामा प्रथम नेवा: सांस्कृतिक कला पुञ्ज धरान-१० हुदै पहिलो पुरस्कार नगद १० हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा दोस्रो स्थान युनिक लाखे समूहले हासिल गर्दै नगद ७ हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ । जाल्पादेवी लाखे समूह धरान-३ ले तेस्रो स्थान हासिल गर्दै नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ ।
पाँचौँ खुल्ला लाखे प्रदर्शन प्रतियोगितामा निर्णायकमा संस्कृतविद् जितेन्द्र बज्राचार्य र सांस्कृतिक अभियन्ता समीर आचार्जु रहेका थिए ।
सहभागी समूहहरूमा जाल्पादेवी लाखे समूह, सिंहदेवी लाखे समाज, युवा क्लब धरान, युवा समूह लाखे, भानु क्लब लाखे, नौलो लाखे सङ्घ, सिंहदेवी लाखे समूह, शान्ति पथ लाखे समूह, जल्पादेवी लाखे समूह, अजय लाखे समूह, नेवा: सांस्कृतिक कला पुञ्ज, शान्ति युवा लाखे, विजयपुर लाखे समूह, पुतली बजार लाखे समाज, खड्गी युवा जमात, दाफा भजन खल, युनिक लाखे समूह थिए ।
प्रमुख अतिथि धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले धरान सबै जातजाति मिलेर बसेको सहर भएको बताउँदै सामाजिक सद्भाव, जातीय, धार्मिक सहिष्णुता कायम राख्नु पर्ने बताए ।
भिडियो पनि हेर्नुस: