खेलकुद

डिपो बास्केटबल रनिङग कप प्रतियोगिता भदौ २७ गते देखि हुदै

धरान: भदौ २७ गते बाट ३१ गते सम्म तेश्रो अन्तर स्कुल मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङग कप धरानमा हुने भएको छ ।

आज आईतबार बिहान धरान – १८ स्थित रहेको डिपो मावि धरानले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
तेश्रो संस्करणको रुपमा आयोजना गरिएको प्रतियोगितामा कोशी प्रदेश भरिका बिद्यालयलाई सहभागिताको लागि आव्हान गरिएको छ ।

मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा विगत २ बर्ष देखि बास्केटबल प्रतियोगिताको आयोजना गरिदैं आएको छ । स्वर्गीय मेजर श्रवण कुमार लिम्बुले डिपो माविको विद्यालय व्यवस्थापन समितिलाई १६ बर्षसम्म लगातार नेतृत्व सम्हालेका थिए । उनकै पालामा स्कुललाई प्लस टु, र कलेज सम्म स्तरोन्नती गरी डिपो आर्दश बहुमुखी क्याम्पस गठन गरिएको थियो ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार रु १५००, ट्रफी, मेडल तथा प्रमाणपत्र, दोश्रो पुरस्कार रु ७५००, ट्रफी, मेडल तथा प्रमाणपत्र, मस्ट भेलुएवल प्लेयरको लागि ट्रफी र प्रमाण पत्र र हाई स्कोरको लागि ट्रफी र प्रमाण पत्रबाट पुरस्कृत गरिने डिपो माविका प्रध्यानाध्यापक राजकुमार राईले बतएका छन् ।

सहभागी धेरै हुने भए लिग कम नकआउट र कम सहभागी हुने भएमा नकआउट खेल खेलाउने योजनामा रहेको आयोजकले जानकारी दिएका छन।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक